Sunday, May 31, 2026

आर्केस्टा नल्याएको झोँकमा आयोजकमाथि मरणासन्न कुटपिटजनकपुरधाम । मेलामा आरकेस्टा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्टमी मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ । धनुषाको कमला नगरपालिका–१ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्टमी मेलामा आरकेस्टा नाच नचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास भएको हो ।शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका आयोजकलाई केही युवाहरूले बीच बाटोमा रोकेर ज्यान मार्ने प्रयास गरेको धनुषा प्रहरीले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

डिजे बाजा लिएर फर्किरहेका आयोजक समितिका तीन जना युवाहरूलाई कमला नगरपालिकाको मंगराहा र नरहा टोलको बीचमा निर्घात कुटपिट भएको हो । कुटपिटबाट सिराहाका रवीन्द्र राम, दीपेन्द्र यादव र लभकुमार महरा सख्त घाइते भएका छन् । आफूहरूलाई ज्यान मार्ने उद्देश्यले नै कुटपिट गरिएको घाइतेहरूले बताएका छन् ।
आक्रमणकारीहरूले स १० प ६२७६ नम्बरको पल्सर मोटरसाइकल सहित उनीहरूको साथमा रहेका दुई थान मोबाइल, २५ हजार रुपैयाँ नगद लगायतका सामान लुटेर भागेको घाइतेहरूले बताएका छन् । घाइते लभ कुमार महराले सोही ठाउँ बस्ने अनु यादवको छोरा अन्दाजी १८ वर्षको विजय यादव सहित ५–६ जना मिलेर ज्यान मार्ने प्रयास गरेको बताएको छन् । तीनै जनालाई पाइप रड र फलामे हतियारले प्रहार गरेको देखिएको छ । इलाका प्रहरी कार्यालय खजुरीले पीडितको बयानको आधारमा अहिले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताएको छ । घटनामा तीन जना फरार रहेको बताइएको छ ।

Previous article
सुन तस्करी प्रकरणविमानस्थल भन्सारका तीन कर्मचारी पक्राउत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । भन्सार अधिकृत पुष्पा जोशी तथा नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तीनैजना कर्मचारीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।६१ केजी सुन तस्करी प्रकरणमा यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो । यसअघि विमानस्थल भन्सारकै दुई अधिकृत गणेश पौडेल र सन्तोष चन्दसहितका चार कर्मचारी पक्राउ परिसकेका छन् । प्रहरीले यसअघि पक्राउ परेका अधिकृत पौडेलको बयानका आधारमा अरु कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ परेका हुन् । सुन तस्करी पक्ररणमा शनिबार पक्राउ परेका ३ सहित ३१ जना सीआईबीको नियन्त्रणमा छन् । सीआईबीले विमानस्थल भन्सारकै उपसचिव श्रीधर टण्डनमाथि पनि अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
Next article
जनकपुरमा सरकारी गाडीको दुरुपयोग रोक्दै:जनकपुरधाम । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ । युवा सङ्घले शनिवार बिदाको दिन जनकपुरधामबाट ११ वटा सरकारी नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको हो । जसमा दुई चार पाङ्ग्रे र ९ वटा मोटरसाइकल रहेका छन् । बिदाका दिन सरकारी गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्छ । तर अनुमति बेगर सरकारी गाडी चलाउने प्रवृत्ति बढेपछि युवा सङ्घका कार्यकर्ता त्यसलाई रोक्न सडकमा उत्रेका छन् । सङ्घका मधेस प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग गर्ने क्रममा नियन्त्रणमा लिएका ११ वटा सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाइएको जानकारी दिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles