Tuesday, September 16, 2025

मलंगवाको कर्फ्यु हट्यो, २७ गतेसम्म निषेधाज्ञा जारी

ताजा / भरखरै प्राप्त

सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा भने जारी छ ।
कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच मलंगवामा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यु जारी गरेको थियो ।स्थिति सामान्य भएको निष्कर्ष निकाल्दै आज बिहानबाट कर्फ्यु हटाइएको तर २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।कर्फ्यु हटेपछि मानिसहरुको चहलपहल बढ्न थालेको छ भने लामो तथा छोटो दुरीका यातायातका साधन पनि चल्न थालेका छन् ।जिल्ला सुरक्षा समितिको बैठकले धार्मिक, जातीय र सांस्कृतिक कायम राख्न सबैलाई आह्वान गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles