Tuesday, September 16, 2025

काठमाडौँ र ललितपुरमा लाखौँको चोरी:

ताजा / भरखरै प्राप्त

काठमाडौँ र ललितपुरमा भएका छुट्टाछुट्टै घटनामा लाखौँ बराबरको धनमाल चोरी भएको छ ।काठमाडौँको नागार्जुन नगरपालिका-६ टौखेल बस्ने ३६ वर्षीय अर्पण पौडेलको घरको ढोकाको ताल्चा फोडी सुनका विभिन्न गरगहना, ल्यापटप तथा आइफोन समेत गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । ललितपुर, ललितपुर महानगरपालिका-१० पाटन ढोकास्थित आईडीआई प्रालिबाट १ थान प्रोजेक्टर र फोरसाइट प्रालिबाट २ थान ल्यापटप गरी करिब ३ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।

यसैगरी ललितपुरकै गोदावरी नगरपालिका-१२ धापाखेलस्थित मकवानपुर थाहा नगरपालिका-२ पालुङ घर भएका रमा कार्कीको रमा फेन्सी स्टोर पसलबाट करिब २ लाख ४७ हजार रुपैयाँ बराबरको विभिन्न कपडा गएराति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles