एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई डेंगु पोजेटिभ देखिएको थियो ।सञ्चो अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधानलाई घर पठाइएको थियो । तर केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । उनको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

