Tuesday, March 18, 2025

सडकको खाल्डोमा खसेर दुई वर्षीय बालकको मृत्यु

ताजा / भरखरै प्राप्त

धनुषा । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो ।शुक्रबार बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए ।
टाउको तल र खुट्टा माथि थोरै देखिएको अवस्था उनलाई भेटेको र खाल्डोबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको स्थानीय अमृता मण्डलले बताइन् ।स्थानीय नथुनी मण्डलका अनुसार मधेश प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन लगाइएको छैन ।ठेकेदार र उपमहानगरपालिकाकालाई पटक–पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको र त्यसमा खसेर बच्चाको मृत्यु हुने गरेको स्थानीयको भनाइ छ ।शुक्रबार बिहान दुई वर्षीय बालक रोहनको खाल्डोमा खसेर मृत्यु भएपछि स्थानीयवासी आक्रोशित छन् ।साभार।

Previous article
आज राष्ट्रिय बाल दिवस मनाइँदै, बाल अधिकारको संरक्षण नारामै सीमित। आज राष्ट्रिय बाल दिवस । बालबालिकामा लगानी-सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइँदै छ ।नेपालमा २०२१ साल भदौ ४ गतेदेखि बाल दिवस मनाउन थालिएको हो । लोकतन्त्र स्थापना अघिसम्म बाल दिवसको थालनी गरेकी तत्कालीन बडामहारानी रत्नको जन्मदिनमा मनाउने प्रचलन थियो ।पछि गणतन्त्र कार्यान्वयनमा आएपछि भने नेपालले बाल अधिकार महासन्धी अनुमोदन गरेको मितिको स्मरणमा हरेक वर्ष भदौ २९ मा बाल दिवस मनाउने गरिएको छ । तर बालबालिकाको विकास, सहभागिता र बाल अधिकार संरक्षण कागज र नारामै सीमित छ ।उचित स्याहार सुसार, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत बाल अधिकार पनि बालबालिकाले पाउन सकेका छैनन् ।बाल अधिकार हनन हुन नदिने तीनै तहका सरकारका योजना कार्यान्वयन नहुँदा बालश्रम कायमै छ । सडक बालबालिकाको उद्धार र पुनर्स्थापना पनि कागजमै सीमित छ ।
Next article
भिस्वाबाट तस्करी धन्दा शुरू :तस्करी गर्न लागेको सामान बरामदबिरगंज । पर्साको भिश्वा नाकाबाट तस्करी गर्न र गराउन लागिएको समान पटकपटक नेपाल प्रहरीको प्रदेश को टोली र ई. प्र. का. पोखरीया को टोलीले पक्राउ गरेको छ ! भिश्वा नाकाबाट केही दिन यता व्यापक तस्करी धन्दा शुरू भएको छ । तस्करहरू पप्पु साह , जैसवाल, कुवाहा, र गुप्ता, को सेटिङमा तस्करी धन्दा चलाएका छन् । सेटिङ बिना यस नाकाबाट तस्करी सम्भव नै छैन । भिस्वा बजार समितिको ट्याक्टरमा वीरगंजबाट खुद्रा सामान ल्याउने र अनुकूल समयमा भारत पठाउने गरिन्छ । बजार समितिले स्थानीय व्यापारीहरूको मालसामान भिस्वाबाट फेरि परम्परागतरूपमा तस्करी शुरू भएको छ । अहिले भारतबाट हार्डवेयर, बिजुली, खाद्यान्न, लत्ताकपडालगायत अन्य सामग्री साइकल, मोटरसाइकलबाट तथा पैदल भरियाहरूले ओसार्ने गर्छन् । भिस्वा नाकाबाट बिदेशीनुन, इन्चिटेप, युनिलिवरको, सेम्पू ,क्लोजप पेस्ट, फेयर एण्ड लब्ली क्रीम जस्ता कस्टमेटिक समान, भिस्वा बजार समितिको ट्याक्टरमा वीरगंजबाट खुद्रा सामान ल्याउने र अनुकूल समयमा भारत पठाउने गरिन्छ । भिस्वा बजार समितिले स्थानीय व्यापारीहरूको मालसामान वीरगंजबाट खुद्रा ल्याउने र पसललाई दिने परम्परा रहे पनि सोही आडमा भारत पु¥याउने सामानहरू ल्याउने गरिएको पाइएको छ । त्यस्तै इन्डियाबाट किराना आईटम, हाडवेयर ,मेशिनरी पार्ट्स, इलेक्ट्रोनिक्स सामान, मोटसपार्टस ,हुण्डी करोबार, प्रतिबन्धित लागुऔषध, कपडा, बियर, कस्तुरी मदिरा, चौपाया र पंछीजन्य बस्तु लगायतको अवैध आयात पनि उत्तिकै छन् !
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles