भक्तपुरबाट १० जना जुवाडे पक्राउभक्तपुरको भक्तपुर नगरपालिका–७ स्थित इचानोबाट प्रहरीले १० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । इचानो स्थित रत्न शाक्यको घरमा सञ्चालित जुवा खालमा छापा मारेर जुवा खेल्नेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।जुवा खालबाट प्रहरीले ७३ हजार ७ सय नगद बरामद गरेको छ । जुवा खालबाट पक्राउ पर्नेहरू सबै भारतीय नागरिक हुन् । पक्राउ पर्नेमा भारत घर भएका देव परमणि, कमल शेख, देव चुत, पूर्ण ब्रतदले, मनजित माकी, सुशील दलै, दिवस हजारा, चन्दन कुदेल, सोरोजित मैती र अनुप दोलही छन् ।आरोपितहरू विरुद्ध जुवा ऐन मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।