५ लाख बराबरको ४ किलो चादी सहित बिरगंजका राजेश साह सोनार पक्राउ ।
२ असोज बारा।
४ किलो चादी सहित एक ब्यक्तिलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा मंगलवार बेलुका ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले परवानीपुर गा.पा.वडा न.५ गण्डक नहर स्थित सडक खण्डमा विरगंजबाट कलैया तर्फ जादै गरेको ना.१६ प ४०१६ नम्बर को मोटरसाइकललाई चेकजाँच गर्दा लुकाई छिपाई राखेको ४ किलो चाँदीको गर-गहनाहरु फेला परेकाले मोटरसाइकल चालक विरगंज म.न.पा.वडा न.३ मा बस्ने वर्ष ४० को राजेश साह सोनारलाई सो चाँदीको गर-गहनाहरुसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बरामद गरेका उक्त चाँदीको गर-गहनाहरुको बजार मुल्य रु.५ लाख रहेको तथा सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।
