भारतबाट नेपाल प्रवेश गरेका भारतीय युवकहरुको समूहका एक जनाले सिंहमाथि गोली प्रहार गरेका थिए । सिंहकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।
सिंह मोतिहारी जिल्ला, दर्पा थाना–१ सुक्लहियाका सुजित कुमार सिंह, चञ्चल पाण्डे, मनिषकुमार सहनी र कामेश्वर सहनी दुईवटा अनटेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेको र लक्ष्मिनियामा रहेको पोखरी नजिक पुगेपछि उनकै पछाडि बसेका सुजितले अजितलाई टाउकाेमा गोली प्रहार गरेको पाइएकाे छ । घटनापछि चारै जना युवक सोही मोटरसाइकल चढेर भारततर्फ फरार भएका थिए ।
मृतक अजितको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ । घट्नास्थलबाट एक थान गोलली र एक थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
अपराध
मधेश प्रदेश

