सशस्त्र प्रहरिद्वारा करीव ८० लाख बराबरको लत्ताकपडा बरामदसिरहा जिल्लाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट असोज १६ गते सशस्त्र प्रहरीले करीव ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाकोआधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट(बिओपी) लगडिगदियाले उल्लेखित मुल्यको ७८ पोका लत्ताकपडा बरामद गरेको हो ।स्थानीय वासिको तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कस्ले राखेको भन्ने खुल्न सकेको छैन । पछिल्लोसमय नजिकिदै आएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्नसक्ने सम्भावनालाई मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपाल विशेषयोजनाकासाथ सीमामा परिचालित भएको छ ।बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।