Tuesday, September 16, 2025

बेसी झर्न थाले भेडिगोठ

ताजा / भरखरै प्राप्त

ढोरपाटन, गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन्।लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन्।लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेसीतिर सारिएको हो।जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी झर्न सुरु गरेका हुन्। बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक–बेसी गर्ने गर्छन्।
पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेसी गर्नु परम्परा नै हो। एकै परिवारले दुई सयदेखि एक हजार वटासम्म भेडा पाल्दै आएका छन्।
गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्छन्। बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ।
यतिबेला तिलाचन, रिग, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायतका क्षेत्रमा भेडाका बथान भेटिन्छन्। यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन्।
बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्य–मुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जान्छन्। यहाँबाट भेडा बिक्रीका लागि केही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवलसम्म र कोही गलकोट, बागलुङ, पर्वतको कुश्मा हुँदै पोखरासम्म जाने तयारीमा छन्।

गत वैशाखमा परेको बेमौसमी हिमपातले भेडा मर्दा यसवर्ष ठूलो नोक्सानी बेहोर्नु परेको निसीखोलाका प्रेमबहादुर बुढा मगरले बताए। चैतको अन्तिम साता लेकमा भेडा लिएर गएको भन्दै लेकमा पुगेको केही दिनमै लगातार एक सातासम्म परेको वर्षा र हिमपातले आफ्ना १७ वटा भेडा मरेको बताए।
चिसोले भेडाहरु मर्दा एक सातामै रु साढे तीन लाखको नोक्सानी भएको र यसवर्ष थोरै मात्र भेडा बिक्री गर्ने योजना रहेको उनको भनाइ छ।
‘चाडपर्व नजिकिएको र लेकमा चिसो बढ्दै गएकाले गोठ बेसी झारेका हौं, अरुले पनि झार्दै छन्, अबको एक सातासम्म सबै भेडीगोठ तल झरिसक्छन्’, उनले भने, ‘भेडाले धेरै चिसो खटाउन सक्दैनन्, वैशाखमा हिउँले धेरै मरे, फेरि पनि मर्लान् भन्ने डरले अल्ली छिटो झारेको हुँ।’
भेडापालक बलबहादुर घर्ती मगरले यसवर्ष भेडा बेसी झर्ने समयमा वर्षा हुँदा समस्या भएको बताए। असोज ११ मा बेसी झर्न सुरु गरे पनि लगातार परेको पानीका कारण असोज १७ गते मात्रै यहाँ आइपुगेको उनको भनाइ छ।करिब चार हजार सात सय मिटरको उचाइमा अवस्थित बुकीमा ह्वात्तै चिसो बढेको उनले बताए।अहिले आफ्ना रैथाने जातका ७० बोका तथा बाख्रा र करिब एक सय भेडा रहेको घर्ती मगरको भनाइ छ।
स्थानीय कुलबहादुर विकले पछिल्लो समय भेडापालन गर्नेको सङ्ख्या कम हुँदै गएको बताए। आफूहरुले धेरै भेडाबाख्रा पाल्न नसक्ने र युवा पुस्ताले यसतर्फ चसो नदिँदा भेडागोठालेको सङ्ख्या घट्दै गएको बताए।
६७ वर्षीय विकले पहिले आफूले आठ सयसम्म भेडापालेको अनुभव सुनाउँदै अहिले एक सय पचासको हाराहारीमा मात्रै भेडा पालेको बताए।
दुई छोरा र एउटी छोरी भए पनि उनीहरुले भेडापालनमा चासो नदिएको उनको भनाइ छ।रासस

Previous article
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट ‘UNPOL Certified InstructorsDevelopment Course Job-Specific Training’ को उद्घाटन:सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को असोज १६ गते उद्घारटन गर्नुभएको छ ।महानिरीक्षक अर्यालले तालिम संचालनको लागि सहयोग पुर्या उनुहुने संयुक्त राष्ट्र संघको सचिवालय लगायत सम्बन्धित संघसंस्था र निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले तालिमलाई उदाहरणीय रुपमा संचालन गरी स्तरीय ढंगले अगाडी बढाउने विश्वास व्यक्त गर्नुभयो ।United Nations Police Division and Integrated Training Service र The US Department of State Bureau of International Narcotics and Law Enforcement Affairs (INL) को सहकार्यमा सो तालिम संचालन गरिएको हो ।यही October 19 तारिखसम्म संचालन हुने उक्त तालिममा बंगलादेश, भुटान, फ्रान्स, भारत, मंगोलिया, नेपाल र श्रीलंका गरी ७ देशका १८ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्ग, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत साथै विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles