Tuesday, September 16, 2025

सत्ताइस क्विन्टल चिनी बरामद :-तस्करीकाे चिनी महेन्द्र ठाकुरकाेपरासी । जिल्ला प्रहरी कार्यालयले पश्चिम नवलपरासीले २७ क्विन्टल तस्करीकाे चिनी बरामद गरेको छ । २० गते शनिबार बिहान २.३० बजेको समयमा रामग्राम नगरपालिका बडा नम्बर ८ भैंसी बजारमा उक्त तस्करीकाे चिनी बरामद भएको प्रहरीले जानकारी दिएको छ । लु ३ च ४९६६ नम्बरको पिकअप गाडीलाई शंकास्पद भएको भन्दै प्रहरी चाैकी गाेवरहियाबाट प्रहरी टाेलीले चेकजाँच गर्ने क्रममा उक्त चिनी बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीलाई देख्नेबित्तिकै गाडीको चालक चांपी नै छाडेर गाडी छाेडी भागेको र गाडी खानतलासी गर्दा ठूलो परिमाणमा चिनी बरामद भएको थियो । ५४ बाेरामा रहेको उक्त चिनीकाे मूल्य झण्डै १ लाख १९ हजार ६ सय र गाडीको मूल्यांकन १० लाख गरि ११ लाख २९ हजार ६ सय मूल्य बराबरको चिनी र गाडी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको छ । उक्त चिनी महेन्द्र ठाकुरले मगाएकाे समेत खुलेको छ। महेन्द्र ठाकुर नेपाली काङ्ग्रेसको आडमा लामो समयदेखि तस्करी काराेवारमा संलग्न व्यक्ति हुन । उनी नेपाली काङ्ग्रेसको तर्फबाट दाेस्राे पटक रामग्राम नगरपालिकाकाे वडा नम्बर ८ मा बडाध्यक्षमा निर्वाचित भएका छन् । उनी रक्तचन्दन तस्करीमा पनि जाेडिदै आएका व्यक्ति हुन । उनको यो तस्करीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका घुमुवाहरू प्रदिप गुप्ता र किरण कुंवरकाे संरक्षण रहेको समेत खुलेको छ।यो चिनी प्रहरी चौकी बसहियको नाकाबाट निस्केको हो । प्रहरी चौकी बसहियमा प्र स नी जनार्दन यादव छन् ।

ताजा / भरखरै प्राप्त

Previous article
सामाजिक सञ्जालमा भड्काउने अभिव्यक्ति दिने ५ जना पक्राउरमेश धमलाकाठमाडौं । सामाजिक सञ्जालमा सद्भाव भड्किने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।श्रीमानको हत्यामा सजाय भोगिररहेका गुन्डा नाइके रिगल भनिने योगराज ढकालको कैद मिनाहा फिर्ताको माग राख्दै अनशनमा बसेकी भारती शेर्पालाई सहयोगका नाममा सामाजिक सञ्जालबाट भड्काउने अभिव्यक्ति दिएको आरोपमा काठमाडौं प्रहरी परिसरले पाँच जनालाई पक्राउ गरेको हो ।अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य यादव सिंह, हाम्रो मिडिया नामको युट्युब सञ्चालक आशिष मल्ल ठकुरी, मिसन नेपाल नाम संस्थाकी महिला प्रमुख जुना बोहोरा, बागलुङका सोम शर्मा र सोलुखुम्बुका उद्धव बस्नेलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।भारती शेर्पाको सुरक्षाका लागि अदालतको आदेश पनि आएको र प्रहरी आफैं संवेदनशील रहेको एसएसपी खत्रीले जानकारी दिए । अदालतको आदेश र सुनुवाइको मितिसमेत तोकिएको अवस्थामा सामाजिक सञ्जालमा घृणा फैलाउने अभिव्यक्ति दिने र परिस्थिति भड्काउन भूमिका खेल्ने समूह सक्रिय रहेको प्रहरीले जनाएको छ । पीडित भारतीको स्वास्थ्यमा समेत समस्या आएकाले गलत तत्त्वले दुरुपयोग गर्न सक्नेतर्फ सचेत रहन प्रहरीले आग्रह गरेको छ । अनशन बस्ने पीडितका अधिकारमा प्रहरीले कुनै अप्ठ्यारो नपर्ने पनि एसएसपी खत्रीले प्रस्ट पारे ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles