Saturday, October 25, 2025

२० असोज, मनहरी ‘मकवानपुर’ । मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् आज बिहान त्रिभुवनराजपथ सडकखण्डमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ख ३९८७ नंको कन्टेनर मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालस्थित सडकमा दुर्घटना हुँदा चालक नुवाकोटको बेलकोट–५ का ४२ वर्षीय दीप श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

ताजा / भरखरै प्राप्त

कन्टेनर मोडमा आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो । मृतक श्रेष्ठको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रवक्ता भण्डारीले बताए ।

त्यस्तै आज हेटौँडा–१८ ठूलोदमार चौक नजिकै अटोले स्थानीय सानुबाबु ब्लोनको छोरा ४ वर्षीय सन ब्लोनलाई ठक्कर दिँदा ब्लोन गम्भीर घाइते भएका छन् । घाइते ब्लोनलाई उपचारका लागि हेटौँडा अस्पतालबाट चितवन पठाएको प्रवक्ता भण्डारीले जानकारी दिए । उनका अनुसार बालकको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवन पठाइएको हो ,!

Previous article
धराप सडकमा जोखिमपूर्ण यात्रादसैँ आउन अब एक साता मात्रै बाँकी रहँदा मानिसहरु घर फर्कने क्रम सुरु भइसकेको छ । देशभरका राजमार्गमा सवारी चाप बढ्न थालेको छ । तर अधिकांश राजमार्गको अवस्था भने दयनीय छ । कतिपय स्थानमा सडकमा खसेका पहिरोसमेत पन्छाइएको छैन भने खाल्डाखुल्डीसमेत नपुरिएका कारण दशैं यात्रा झन्झटिलो मात्र होइन, जोखिमपूर्ण हुने देखिएको छ ।चाडपर्व नजिकिएसँगै देशभरका सडकमा सवारीसाधनको चाप बढ्न थालिसकेको छ । तर, अधिकांश राजमार्ग कतै वर्षाका कारण बिग्रिएका छन्, त कतै विस्तारका क्रममा रहेकाले यात्रा गर्नै नसकिने अवस्थामा छन् । जसले गर्दा यात्रुले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ ।‘कस्ता इन्जिनियरले बाटो बनाउँछन् ? गाडीले तल छुन्छ, चाँडै बिग्रने समस्या छ,’ चालक राजबहादुर बोहोराको गुनासो छ । उनले गाडी बिग्रिएर ग्यारेजतिर जानु पर्ने भएकाले आफूहरुलाई गाह्रो भएको जनाए ।अहिले पृथ्वी राजमार्गको धादिङ खण्ड, मुग्लिन-पोखरा र पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक विस्तार तथा स्तरोन्नतिका क्रममा छन् ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles