Wednesday, October 22, 2025

हेटौडा । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन । मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीमा लागूऔषधसहित ५ जना पक्राउ परेका हुन । उनीहरूसँग स्रोत नखुलेको ८ लाख रूपैयाँ पनि जफत गरिएको छ ।

ताजा / भरखरै प्राप्त

यसरी पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० वर्षीय रामचन्द्र गोले र २० वर्षीय दालबहादुर मोक्तान, कैलाश गाउँपालिका–८ बस्ने ३१ वर्षीय विकास मोक्तान र ३५ वर्षीय रामबहादुर स्याङबो तथा पर्सा ठोरी गाउँपालिका–८ बस्ने ३२ वर्षीय जित बहादुर चापागाईलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार जिल्ला प्रहरी र मनहरी प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उनका अनुसार प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकलसहित ६ सय २ बोतल कोडिन फास्फेट, २० ग्राम चरेस र ८ लाख रूपैयाँ नगद बरामद गरिएको छ ।

Previous article
घरायसी विवादमा आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउसल्यान, घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका-४ खार्बन बस्ने उनकै कान्छी बुहारी शर्मिला बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।गणेसी रोका असोज १५ गते दिउँसो बारीमा धानको भारी लिन जान्छु भनी गएकोमा बेपत्ता भएपछि खोजी गर्ने क्रममा आफ्नै घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानसमेतबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेसीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उक्त दिन उनीहरूबीच धान बारीमा विवाद भएको र घर फर्किएपछि पुन: विवाद हुँदा शर्मिलाले दाउराले पटक पटक टाउकोमा प्रहार गरी पुन: सलले घाँटी कसी हत्या गरेको र घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगतसमेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles