Sunday, April 20, 2025

अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाई आईरहेको अवस्थामा बिभिन्न किसिमका सामानहर बरामद

ताजा / भरखरै प्राप्त

कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा जिल्ला कञ्चनपुर भि.न.पा.०४ चमनचोक स्थित अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाई आईरहेको अवस्थामा बिभिन्न किसिमका सामानहर बरामद गरेकाे छ ,!
प्रहरीले बरामद गरेका सामानहरूमा हेडफोनहरु, CCTV, स्मार्ट घडी, एयरफोन,वारलेस माईक,चिनी,बिडी,तेल र साईकल थान १ गरि अ.मुल्य रु.२,८४,२३०/-(दुई लाख चौरासी हजार दुईसय तिस) बराबरकाे रहेकाे बताइएकाे छ ।
तस्करीकाे बाटाेबाट ल्याइएका बरामद सामानहरु र साइकल सहित फेला पारी कानून बमोजिम आवश्यक कार्वाहीको लागी १ जना मानिस सहित भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएकाे छ ,!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles