Saturday, June 28, 2025

अदालतबाट छुटे पनि सम्पत्ति शुद्धीकरणमा पक्राउ पर्न सक्ने

ताजा / भरखरै प्राप्त

१० जेठ, काठमाडौं। भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायतका १६ जना अदालतको आदेशमा छुटेपनि फेरि सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा फेरी पक्राउ पर्ने संभावना बढेको छ । सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामा प्रतिवादीहरु छुटी जाने भएमा सम्बन्धित प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अनुरोध गरिएकोले  सम्पत्ति शुद्धीकरणमा पनि अर्को मुद्दा जाने जनाएको छ ।

उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा थप अनुसन्धानका लागि लेखि पठाउने निर्णय भएकाले पुनः पक्राउ गरेर प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अभियोग पत्रमा उल्लेख गरिएको हो । यस्तै प्रतिवादीहरुको पासपोर्ट रोक्का राख्न पनि आग्रह गरिएको छ ।

यस्तै उनीहरूको सम्पत्ति रोक्काको प्रक्रिया पुरा गरेर अदालतमा जानकारी गराइने पनि अभियोजन पत्रमा उल्लेख छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।  गजेन्द्र बुढाथोकीसहित नेपाल सरकार वादी भएको मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ । यसै गरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्द कुमार चौधरी, बालकृष्ण खाँण, आङटावा शेर्पा, शमशेर मिया, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles