Tuesday, May 20, 2025

वीरगञ्ज महानगरपालिकाले वडा नम्बर ३१ लक्ष्मीपुरमा रहेको ऐलानी जग्गामा सामुहिक तरकारी खेतीका लागि आवश्यक प्रकृया अगाडि बढाएको छ ।

ताजा / भरखरै प्राप्त

बुधबार महानगरबाट खटिएको जनप्रतिनिधी र कर्मचारी सहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहिन रहेको ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जग्गा सामुहिक तरकारी खेतीका लागि छुट्टयाएको छ ।

तरकारीबाली पकेट विकास कार्यक्रम अन्तर्गत उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाको कृषि शाखाकी कृषि अधिकृत रोशनी यादवले बताइन् ।

बेरोजगार रहेका स्थानियलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउन र किसानहरुको आयआर्जन बढाउने उदेश्यले उपयोगविहिन रहेको खेतीयोग्य ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्नका लागि महानगरले तयारी अगाडि बढाएको महानगरका मेयर राजेशमान सिंहले बताए ।

बुधबार जग्गा छुट्टाउन गएको टोलीमा महानगरको भौतिक संरचना नियन्त्रण समितका संयोजक प्रदीप चौरसिया, मेयर सिंहको सचिवालय सल्लाहकार हरि पोखरेल, महानगरको आर्थिक विकास महाशाखाकी अधिकृत प्रतिज्ञा वैद्य , नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवालाल साह लगायतको सहभागीता थियो ,!

Previous article
Next article
अवैध सामग्रीसहित युवक पक्राउतिलोत्तमा । रुपन्देहीका विभिन्न ठाउँबाट प्रहरीले साढे ११ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१, भगवानपुरबाट लु १ च ३५२२ नम्बरको बलेरो पिकअप गाडीमा ल्याइँदै गरेको काठको ढोका, टायल, कलर लगायतका सामान बरामद गरेको छ ।गाडीसहित ७ लाख ७ हजार रुपैयाँ बराबरका ती सामग्री भन्सार छली गरेर भारतबाट नेपाल भित्र्याइएको भन्दै प्रहरीले बरामद गरेको हो ।रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया बुझाइएको छ ।त्यस्तै, जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७, आवारोडस्थित भारतबाट नेपालतर्फ भन्सार छली पैठारी गरी लु १ ह २६४३ नम्बरको अटो रिक्सामा ल्याउँदै गरिएको २४ पेटी टायल पनि बरामद गरेको छ ।टायल र अटोसँगै प्रहरीले भारतको महाराजगन्ज थाना फरेन्दा घर भई हाल सिद्धार्थनगर नगरपालिका वडा नं. १३ भैरहवा बसपार्क बस्ने २४ वर्षीया औरेन्ज चौहानलाई पनि नियन्त्रणमा लिएको छ ।अटो रिक्सासहित टायलको अन्दाजी मूल्य ४ लाख ४० हजार कायम गरिएको प्रहरी भनाइ छ । बरामद गरिएका सामान र अटो रिक्सासहितह ती युवकलाई पनि आवश्यक कारबाहीका लागि भैरहवा भन्सारमा बुझाइएको डीएसपी अर्यालले जानकारी दिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles