सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता उद्घाटन :‘१६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टनप्रतियोगिता–२०८०” को सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटनगर्नुभएको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ २१ गतेआयोजित उद्घाटन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकामुख्य रेफ्रीलाई सटल कर्क हस्तान्तरण गरी प्रतियोगिताको सुभारम्भगर्नुभएको हो ।नेपाल एपीएफ क्लबको आयोजनामा उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल नेपालप्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा जेठ २४गतेसम्म संचालन हुनेछ ।कूल पुरस्कार राशी ८ लाख ६५ हजार रुपैयाँ रहेको प्रतियोगिताका सम्पुर्णखेलहरु Badminton World Federation(BWF) र Badminton AsianConfederation(BAC) को नियम अनुसार खेलाईने छ भने प्रतियोगितामा १० वटाइभेन्ट्सहरु समावेश गरिएको छ । जसमा पुरुष एकल, महिला एकल, पुरुष युगल,महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल४५÷५५ वर्ष, मिक्स डबल्स र मास्टर युगल ३५ बर्ष माथिलगायत रहेको छ ।कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संस्थापक सशस्त्रप्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठको स्मरणमा आयोजना भईरहेकोयस प्रतियोगिताले देशभर छरिएर रहेका प्रतिभावान खेलाडीहरुलाई एकिकृतगर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्तगर्नुभयो ।उहाँले मानव जिवनमा स्वस्थ शरीर एवं मस्तिष्क कायम राख्न खेललेमहत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुहुँदै कुनैपनि खेलाडीले राष्ट्रियतथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल भावना र अनुशासित भएर जितहासिल गरेमा उसलाई हेर्ने दृष्टिकोण सदैव सकारात्मक हुने बताउनुभयो ।प्रतियोगितामा आज पुरुष एकल, पुरुष युगल, १२ वर्षमुनिका केटा, १९वर्षमुनिका केटा र मिक्स डबल्स इभेन्ट्सका पहिलो चरणको खेलहरु संचालनभईरहेको छ ।कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रश्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल, पूर्व सशस्त्र प्रहरी संघका अध्यक्षअवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, सशस्त्रप्रहरी बल नेपालका बरिष्ठ अधिकृतलगायत नेपाल ब्याडमिन्टन संघका अध्यक्षरामजीबहादुर श्रेष्ठ, खेलकुद संघसंस्थाका पदाधिकारी तथा खेलाडीहरुकोउपस्थिति रहेको थियो ।