शुक्रबार काठमाडौंमा आयोजित पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री स्व. मिना पाण्डेको शोकसभामा बोल्दै नेपाली राजनीतिक भविष्य कांग्रेसको हात रहेको बताउँदै चुनौतिलाई चिर्न नसके गम्भीर चुनौतिको सामना गर्नुपर्ने अवस्था आउने बताइन् । चुनौति चिरेर पार्टी राजनीतिलाई ट्याकमा राख्न कांग्रेसका नेता कार्यकर्ता एकजुट हुनुको विकल्प नरहेको बताइन् ।
उनले दिवंगत पाण्डे पार्टीप्रति समर्पित रहेको बताउँदै कहिल्यै लाभको पदमा दाबी गरेको स्मरण गरिन् । ‘उहाँले आफ्नो पुरै जीवन नेपाली काङ्ग्रेस पार्टीप्रति समर्पित गर्नुभएको छ । उहाँको जीवनको अनुशरण गर्नुपर्छड उनले भनिन्, ‘स्वर्गीय पाण्डेको नेपाली कांग्रेसले सधैं उच्च सम्मान र मूल्यांकन गर्छ ।’
सांसद राणाले अहिले धेरै प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकारको रहेको र केन्द्रमा पनि मुख्य भूमिका निर्वाह गरिरहेको बताउँदै गठबन्धन नेतृत्वको सरकारका कामकारवाहीलाई जनतासाममू राम्रोसँग पुर्याउन नेता कार्यकर्ताहरुले भूमिका खेल्नुपर्ने बताइन् । संघ र प्रदेश सरकारका कामकारवाही सही तरिकाबाट अगाडि बढिरहेको भन्दै उनले दुवै तहका सरकारको प्रशंसा गरिन् ।
सरकारबाहिर रहेका राजनीतिक दलहरुले विभिन्न मिडिया प्रयोग गरी सरकारमा रहेका दल र त्यसमा कांग्रेसलाई जनतामाझ बद्नाम गराउन लागि परेको उनको भनाइँ थियो । पार्टीलाई बद्नाम गराउनेहरुविरुद्ध खरो रुपमा प्रस्तुत हुनु नै अहिलेको मुख्य कर्तव्य बनेको उनले बताइन् ।
शोकसभामा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले स्व.पाण्डेको योगदानको चर्चा गरेका थिए ,!
