Tuesday, October 22, 2024

मुम्बई । अभिनेता रजनीकान्त र अमिताभ बच्चन क्रमशः साउथ र हिन्दी फिल्म उद्योगका मेगास्टार हुन् । यी दुई दिग्गज अभिनेता ३२ वर्षपछि फिल्ममा सहकार्य गर्दैछन् । रजनीकान्तले अमिताभसँग उनको फिल्म ‘थलाइवर १७०’मा सहकार्य गर्न लागेका हुन् ।

ताजा / भरखरै प्राप्त

तमिल सुपरस्टार रजनीकान्त हाल ‘जेलर’ र ‘लाल सलाम’मा व्यस्त छन् । यी दुई फिल्मपछि उनी टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’मा जोडिनेछन् । यो रजनीकान्तको करियरको १ सय ७० औं फिल्म हो । फिल्ममा अमिताभको महत्वपूर्ण भूमिका रहनेछ ।

फिल्म ‘पोन्नियन सेल्भन’ अभिनेता चियान विक्रमलाई सुरुमा अमिताभले निभाउने चरित्र प्रस्ताव गरिए पनि उनले समय नदिएपछि अमिताभले त्यो चरित्र निभाउन लागेका हुन् । अमिताभ र रजनीकान्तले सन् १९९१ को एक्सन ड्रामा फिल्म ‘हम’मा अभिनय गरेका थिए ,!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles