Wednesday, May 21, 2025

हाल पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ । कोशी तथा बागमती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

ताजा / भरखरै प्राप्त

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

मध्य तथा पश्चिम तराइका भू–भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ । साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुम

अझै केही दिन देशभर तापक्रम बढ्छ सर्तक भएर बस्नूः महाशाखा

Previous article
अबैध मोबाईल पार्टससहित मोटरसाईकल नियन्त्रणमासिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका २० छोटकी टोलस्थित सीमा ईलाकाबाट ५ लाख८२ हजार ८ सय रुपैयाँ बराबरको मोबाईल र मोबाईलका पार्टसहरुसहित एउटामोटरसाईकल जेठ २४ गते नम्बर ७ गण हे.क्वा सिरहाले नियन्त्रणमा लिएको छ ।प्रदेश ०१–००४ प ३६१६ नम्बरको पल्सर मोटरसाईकलमा राखी भारतबाट अबैधरुपले नेपालतर्फ आउँदै गरेका व्यक्ति सशस्त्र प्रहरीलाई टाढैबाटदेख्नासाथ सामान र मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि नियन्त्रणमालिएको हो ।नियन्त्रणमा लिईएको सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि सिरहाभन्सार कार्यालय माडरमा बुझाईएको छ ।अबैध रुपमा ल्याउँदै गरेको सामानसहित सवारीसाधान नियन्त्रणमारौतहट जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित भित्रि सडकखण्डबाट १ लाख ५७हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडासहित एउटा म्याजिक भ्यान जेठ २१ गतेसशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।गौरबाट चपुरतर्फ जाँदै गरेको ना १ ज ७१०९ नम्बरको भ्यानलाई सुरक्षा वेशफतुहाले चेकजाँच गर्दा विलविजक नभएको उल्लेखित मुल्य बराबरको लत्ताकपडाबरामद गरिएको हो ।बरामद लत्ताकपडा तथा भ्यान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।चोरीपैठारीका विभिन्न सामान बरामदरुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट१ लाख १७ हजार २ सय ७० रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान जेठ२६ गते सशस्त्र प्रहरीले बरामद गरेको छ ।अबैध रुपमा भन्सार छलि ल्याउँदै गरको उल्लेखित मुल्य बराबरको लत्ताकपडा,कस्मेटिक तथा मोबाईलमा प्रयोग हुने सामाग्री प्रस्तावित सीमा सुरक्षागुल्म डण्डाले बरामद गरेको हो ।यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार ईलाकाबाट १ लाख ८ हजार ४सय ७० रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामान जेठ २५ गते सशस्त्रप्रहरीले बरामद गरेको छ ।भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरकोसामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।यसैगरी सुरक्षा बेश फतुहाले ६६ हजार ७ सय रुपयाँ बराबरको भन्सार छलिल्याउँदै गरेको लत्ताकपडा सोही जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थितबमनहरबाट जेठ २५ गते बरामद गरेको छ ।बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles