Saturday, June 28, 2025

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फवाट थुनछेक बहस हुदैँछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणको पक्षमा २५ जना वकिलहरुले बहस गर्दैछन् ।

ताजा / भरखरै प्राप्त

अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्वमहान्यायधिवक्ता, नेपाल बार एशोसियसनका पूर्व र बर्तमान अध्यक्षसहित २५ जनाले बहसका लागि नाम टिपोट गराएका छन । सो प्रकरणमा मुछिएर पक्राउ परेका मध्ये अब खाँणसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यबिरुद्धको अपराध, संगठित अपराध, ठगीसहित चारवटा अभियोगमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसमध्ये हालसम्म पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस सुरु भएको थियो ।

एक हप्ता भित्र थुनछेक बहस सकाउने भनिएको भए पनि अझै ६ जनाको बाँकी रहेकाले पुर्वनिर्धारित समयसिमा भित्र बहस नसकिने भए पछि समयसिमा बढाउने बुझिएको छ ।

शरणार्थी

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles