Thursday, August 14, 2025

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नेसकपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर युद्ध अपराधसम्बन्धी रिटमाथि आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेसी चढेको छ ।

ताजा / भरखरै प्राप्त

नेकपा (माओवादी)को तत्कालीन सशस्त्र संघर्षमा आफूहरुलाई युद्धमा ग्रिनेड, सकेट बम, राइफल, युद्धका सामान ओसारपासरमा लगाएर बालअधिकारको हनन गरेको भन्दै काभ्रेका लेनिन विष्टसमेतले प्रचण्ड र बाबुराविरुद्ध ‘युद्ध अपराध’ कसुरमा कारवाहीको माग गर्दै यही जेठ २८ गते रिट दायर गराएका थिए ।
सशस्त्र संघर्ष (जनयुद्ध)मा प्रचण्ड अध्यक्ष तथा सुप्रिम कमाण्डर र बाबुराम जनसरकार प्रमुख थिए ।

सशस्ब (हतियारबन्द) संघर्ष २०५२ फागुन १ देखि २०६३ काे सुरूवातीतिरसम्म चलेको थियो । त्यसक्रममा माओवादीले नियमित लडाकूका रुपमा ‘जनमुक्ति सेना’ गठन गरेर तत्कालीन सामान्त राजतन्त्र विस्थापित गराउन तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारसँग भीषण लडाँइ लडेको थियो । पछि खुला राजनीतिमा रहेका ७ दलसँगको २०६२/०६३ को दोस्रो जनआन्दोलन सफलपछि २०६३ मंसिरमा ५ मा तत्कालीन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र प्रचण्डबचि बृहत् शान्ति सम्झौता भएपछि संघर्ष राकिएको थियो ।

रोकिएपछि संयुक्त राष्ट्रसंघीय मिसनले माओवानी सेनाको प्रमाणिकरण गर्ने क्रममा ८ हजारभन्दा बढी संख्यामा बाल लडाकु पाइएपछि सेनाको रुपमा लिन अस्वीकार गर्दै क्याम्पबाट बाहिर पठाएको थियो । तिनै बाल लडाकु विष्टसमेतले न्याय र क्षतिपूर्तिका लागि रिट दायर गराएका हुन् । विष्ट पछिल्लो समयम नेकपा (एमाले)मा छन् । उनी नेता गोकुल बास्कोटा निकट पुगेका छन् ।

शान्ति सम्झौता भएसँगै माओवादी संसदीय व्यवस्थामा सामेल भयो । त्यसपछि संसदीय व्यवस्थाअन्तर्गत प्रचण्ड ३ पटक र बाबुराम एक पटक प्रधानमन्त्री भएका छन् । प्रचण्ड अहिले प्रधानमन्त्री छन् । प्रधानमन्त्री रहेकै अवस्थाबीच उनीविरुद्ध युद्धकालीन विषयमा रिट (०७९-wo-१३८८) दर्ता भएको हो । सुनुवाइ खाजा समयपछि हुनेछ जनाइएकाे छ ।

यो पनि पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरूद्ध रिट दर्ता,

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles