पुराना र बदनाम हटाउदै डिआइजी राणापहिलोपटक समातियो ठूलो परिमाणको सुनहेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआइजी किरण राणाले मातहतका प्रहरी कार्यालयहरूमा आमूल परिवर्तन गर्ने तयारी गरेकी छन् । तर उनी आफ्नो अभियानमा सफल हुन सक्छिन सक्दिनन् त्यो भने हेर्न बांकी नै छ। नेपाल प्रहरीमा लामो समयदेखिको एउटा रोग छ त्यो भनेको दशौं बर्ष सम्म पनि एकै ठाउँमा कार्यरत रहने , दरबन्दी अन्यत्र भए पनि दरबन्दीमा नगई सुबिधा सम्पन्न र अतिरिक्त आम्दानी हुने ठाउँमा मात्रै बस्ने । यसबाहेक मुद्दा शाखा र घुमुवाहरूको हकमा त उनीहरूलाई नियम नै लाग्दैन । किनकि आफ्नो हाकिम मात्रै होइन जिल्ला स्थित देखि प्रदेश र मुख्यालयको सम्बन्धित प्रमुख सम्मलाई नजरना चढाएर दशौं बर्ष सम्म एकै ठाउँमा बस्ने गरेको देखिन्छ । कुनै पनि प्रहरी महानिरीक्षकले यो सेटिङको अवस्था हटाउन सकेनन् । अहिलेका महानिरीक्षकले काजमा बस्नेलाई दरबन्दीमा पठाउने अभियान चालेपनि त्यो पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाले अहिले दुई बर्ष भन्दा बढी बसेका सिपाही देखि सई दर्जा सम्मका प्रहरीलाई प्रदेश मातहत सरूवाको अन्तिम तयारी गरेकी छिन् । अझ घुमुवा र मुद्दा शाखामा बस्नेलाई उनले अनिवार्य सरूवाको तयारी गरेकी छिन् । मकवानपुर र चितवन जिल्लामा त पन्ध्र बर्षदेखि बस्नेहरू पनि रहेको उनलाई सूचना पुगेको थाहा भएको छ। दरबन्दी जिल्ला मात्रै नभएर प्रदेश बाहिर भए पनि दरबन्दीमा नगएर मकवानपुर र चितवनमा मात्रै बस्ने , कहिले घुमुवा , कहिले मुद्दा , कहिले मालदार चौकीमा टेण्डर हालेर जाने अनि गांजा देखि काठ र गिट्टीबालुवाको तस्करी गराउने जस्ता काममा लागेका प्रहरीहरू धेरै छन् । यस्ता बदनाम जसले प्रहरी संगठन र बर्दीको दुरुपयोग गरेका छन् उनीहरूलाई सरूवा गरेर रमाना गराउन सके डिआइजी राणाको सराहनीय काम हुने प्रहरी अधिकारीहरू बताउँछन् ।यसबाहेक ट्राफिक प्रहरीमा यो समस्या झन् विकराल छ। काभ्रे , सिन्धुपाल्चोक , सिन्धुली , रामेछाप , रसुवा , धादिङ , नुवाकोटमा ट्राफिक प्रहरीको अतिरिक्त कमाई मकवानपुर र चितवनका ट्राफिकको भन्दा पनि धेरै हुनेहुनाले यहाँ कार्यरत ट्राफिक प्रहरीहरू अन्यत्र जान चहादैनन। सरूवा वा काज भैहाले पनि चौतर्फी सोर्सफोर्स लगाएर साविककै ठाउँमा बस्ने गर्दछन । उनीहरूको पनि आमूल परिवर्तन गर्ने तयारीमा डिआइजी राणा रहेको थाहा भएको छ ।।वर्तमान प्रहरी महानिरीक्षक बसन्त कुंवरले नेतृत्व लिएपछि मकवानपुर प्रहरीले पहिलोपटक सुन पक्राउ गरेको छ । तस्करीको सुन पक्राउ परेपछि भने सुनको तस्करी भैरहेको पुष्टि हुन्छ । काठमाडौबाट गएको सुन कति प्रहरीको चेकिङ भए पनि कसरी हेटौंडामा बरामद भयो भन्ने प्रश्न पनि उठेको छ। कांचो सुन बिस्कुट नै बरामद भए पछि कि त उक्त सुन एयरपोर्ट या त रसुवाबाट तस्करी भएको पुष्टि हुन्छ । कसको सेटिङमा उक्त सुन मकवानपुर सम्म पुग्यो गम्भीर प्रश्न उठेको छ। रक्सौल बस्ने भारतीय नागरिकले लगानी गरेको उक्त सुन बिरगंज बस्ने नेपालीले भरियाको रूपमा बोकेर लगेको अवस्थामा बागमती प्रदेशको सुराकीमा मकवानपुर प्रहरीले बरामद गरेको थियो ,! ( साभार )