महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने आफूलाई यससम्बन्धी पूर्ण जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ‘म आज विभिन्न काममा व्यस्त थिएँ । हाललाई मसँग अन्य जानकारी छैन’, उनको भनाइ छ ।
यसैबीच भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवादमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि संवाद आवाजरहित बनाइएको छ ।
समितिका सदस्य ऋषिराज आचार्यले संवाद आवाजरहित बनाइएपछि प्रदर्शनका लागि अनुमति दिने निर्णय गरिएको जानकारी दिए । “चलचित्रमा जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादलाई अनिवार्यरूपमा आवाजरहित (बीप) गर्न लगाई सोपश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनका लागि अनुमति दिने निर्णय गरियो । त्यो ल्याएपछि उहाँले अनुमति पाउनु हुन्छ”, सदस्य आचार्यले भनेका छन् ।
रामायणमा आधारित चलचित्रको सो संवादलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध हुँदै आएको थियो ।
( साभार )
