Friday, August 15, 2025

भरतपुरको वडा नम्बर–१३ बालमैत्री घोषणा-:भरतपुर, असार १ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१३ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ । आवश्यक ५१ वटा सूचकहरु पुरा गरी वडालाई शुक्रबार बालमैत्री घोषणा गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा एक समारोहका बीच बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको थियो । विस २०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो । आर्थिक वर्ष ०८३÷०८४ मा महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । बालबालिकालाई मुल प्रभाहिकरण गर्नुपर्छ भन्ने उद्देश्यले राज्यले दिगो विकास लक्ष्यमा समेत राखेको छ ।प्रमुख अतिथि महानगरपालिका प्रमुख दाहालले वडाका अध्यक्ष प्रकाश दवाडीलाई घोषणा प्रमाण–पत्र हस्तान्तरण गर्नुभयो । सो अवसरमा नगर प्रमुख दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गर्नुभयो ।भरतपुर महानगरपालिकाले मानव विकास सूचाङ्कलाई अगाडि बढाउनु पर्छ भनि भौतिक पूर्वाधार मात्र होईन सबै क्षेत्रलाई दीगो विकासको लक्ष्यअनुसार अघि बढाईरहको प्रमुख दाहालको भनाई थियो ।भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिवद्ध रहेको बताउनुभयो ।भरतपुरलाई बालमैत्री बनाउन सडक मानवमुक्त पहिलो महानगर, पिटुसिटु, अटिजम विद्यालय, आधा दर्जन विद्यालयमा स्रोत कक्षालगायतको कार्य गरी बालमैत्रीतर्फ उन्मुख हुँदै गएको बताउनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताउनुभयो ।उपप्रमुख अधकिारीले घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नु पर्ने बताउनुभयो । बालमैत्री घोषणासँगै थप चुनौती थप उहाँको भनाई छ ।प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालमैत्री घोषणा गरेर यसलाई कायम राख्न सधै सबै पक्ष क्रियाशिल हुनुुपर्ने बताउनुभयो ।कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, विभिन्न वडाध्यक्षहरु, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडाका अध्यक्ष प्रकाश दवाडीको अध्यक्षमा सम्पन्न भएको थियो ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles