रसीद आलम, हेटौंडा ,३ असार ।
भारतिय ट्रकमा प्याजका बोराहरुले छोपी प्याजकै भन्सार बिल बनाई भन्सार छलि गरी ल्याईएका बिभिन्न किसिमका ९० बोरा अबैध कपडाहरु सहित २ जना मानिसलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मिति असार १ गते साझ ७:४० बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.वडा १५ स्थित रातोमाटे चेकपोष्ट अगाडी पुर्व पश्चिम सडकखण्डमा सिराहाबाट हेटौडा तर्फ आंउदै गरेको BR 06 GE 5053 नम्बरको भारतिय ट्रकलाई रोकी चेकजांच गर्ने क्रममा सो ट्रकको पछाडीको भागमा चारैतिरबाट १६८ बोरा ( प्रति बोरा ५० किलो) प्याजको भन्सार काटी प्याजकै बोराहरुले छोपी बिच भागमा लुकाई छिपाई गरी ल्याईएको अवस्थामा ९० बोरा अबैध भन्सार छलिएका बिभिन्न किसिमका कपडाहरु फेला पारी उक्त ट्रक तथा कपडाहरु सहित भारतीय चालक पन्जाब राज्य जिल्ला लोदियाना ग्राम रसलपुर वडा नं. ७ बस्ने बर्ष ३३ को रन्जौद सिंह र सह-चालक देश भारत बिहार राज्य जिल्ला मोजफरपुर ग्राम माहामाद बस्ने बर्ष २६ को सुधिर कुमार सहनीलाई नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीका डिएसपी टेकबहादुर कार्कीले जनाएका छन् ।
पक्राउ परेका उक्त ट्रक सहित मालसामानहरुको १ करोड ७७ लाख ५२ हजार ६ सय ९७ बराबरको मुल्यांकन गरि थप अनुसन्धानलागी आन्तरिक राजश्व कार्यालय हरिहर भवन ललितपुर पठाईएको डिएसपी कार्कीले जनाएका छन् ।




