Sunday, June 29, 2025

बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू सहित पर्सा प्रहरीद्वारा एक भारतीय ब्यक्ति पक्राउ ।

ताजा / भरखरै प्राप्त

रसीद आलम, बिरगंज ,३ असार ।

पर्सा प्रहरीले बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू सहित एक भारतीयलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल भित्राइअनाधिकृतरूपमा भन्डारण गरेको विशेष सूचनाको आधारमा शनिबार पर्सा प्रहरीको टोलीले खोज तलास गर्दै जाने क्रममा १२:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.३२ वदननगर बस्ने मनोज साहको घरमा कोठा भाडामा लिइ भारत विहार पूर्वी चम्पारण बिसुनपुर पोष्ट अमवा बिसुनपुर बस्ने वर्ष ३३ को मनोज कुमारको कोठामा खानतलासी गर्दा उक्त कोठाबाट Apple मोबाईल थान-२,Redmi-थान-७,Oppo थान-९, Vivo-१० थान, One plus-२, Samsung-१३ थान, Realmi-२ थान, Techno-१० थान,Techno Pova-१ थान, Itel-१ थान, Techno Cammon-१ थान, Poco-१ थान गरी जम्मा-५९ थान मोबाईल र Titan घडी-११४ पिस, Sonata घडी-५ पिस, Hilfiger-१२ पिस,Fast Tack-५४ गरी जम्मा-१८५ पिस चोरी पैठारीको घडी बरामद हुँदा उक्त परिमाणको सामानहरु सहित निज मनोज कुमारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरेको घडी तथा मोबाईलहरूको जम्मा बजार मुल्य रू.१९,१४,०००।– ( उनाईस लाख चौध हजार ) बराबरको मुल्यांकन गरि निज मनोज कुमारसहित आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles