Sunday, June 29, 2025

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भ्रष्टाचारीको अवैध रकम बजारमा ल्याउन नोटबन्दी गर्नुपर्ने बताएका छन् ।

ताजा / भरखरै प्राप्त

आइतबार प्रतिनिधिसभाको बैठकमा अर्थ मन्त्रालयमाथिको विनियोजन विधेयकमा धारणा राख्ने क्रममा सांसद केसीले भ्रष्टाचारी र बिचौलियाले अकूत मात्रामा पैसा घर घरमा लुकाएर राखेको र यसलाई बजारमा ल्याउन तत्कालका लागि एक जहार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।

मुलुकको अर्थतन्त्र भ्रष्टाचारी र बिचौलियाले ठूला दरका नोट लुकाए राखेकै कारण संकटतर्फ गइरहेको र बजारमा पैसा अभाव हुन पुगेको बताए । लुकाएर राखिएको नोट प्रयोगमा ल्याउन सके पैसाको अभाव केही हदसम्म कमी हुने उनको भनाइ छ ।

केसीभन्दा अघि बोल्ने सांसद मेटमणि चौधरीले हजार र पाँच सय दरका नोट प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका थिए । सांसद केसी पनि नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा उभिएका हुन् ।

अर्थतन्त्र
78


डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
अहिले भ्यू टावर आवश्यकता छैन: कार्की
अहिले भ्यू टावर आवश्यकता छैन: कार्की
असार ५, २०८० मंगलबार

‘हजार र पाँच सयका नोट विस्थापन गरौं, जमिनमुनि राखिएका पैसा बाहिर निकालौं’
‘हजार र पाँच सयका नोट विस्थापन गरौं, जमिनमुनि राखिएका पैसा बाहिर निकालौं’
असार ५, २०८० मंगलबार

अर्थसहित चार मन्त्रालयको खर्च कटौतीमा सात सांसदका फरक-फरक प्रस्ताव
अर्थसहित चार मन्त्रालयको

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles