Tuesday, October 22, 2024

सशस्त्र प्रहरी बल नेपाल पर्साद्धारा लागुऔषध चरेश सहित एक ब्यक्ति पक्राउ -:

ताजा / भरखरै प्राप्त

पर्सा ,७ असार ,!

पर्सामा सशस्त्र प्रहरी बलले लागुऔषध चरेश सहित एक जना ब्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार आज दिउँसो २:३० बजेको समयमा पर्सा कालिकामाई गा.पा. वडा नं. ५ सेमरा स्थित सुरक्षा बेश पोखरियाबाट खटिएको टोलीले देवरियाबाट भिस्वा तर्फ जाँदै गरेको BR 22 AP 6815 नम्बरको भारतीय पल्सर मोटरसाइकललाई शंका लागि चेकजाँच गर्ने क्रममा जिल्ला पर्सा छिपहरमाई गा.पा.-५ भिष्वा बस्ने ठाकुर साह कानुको छोरा वर्ष ३७ को राजेश साह सवार मोटरसाइकलको सिट मुनि र ट्यांकी मुनि फल्स बटम बनाई लुकाई छुपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ५०० ग्रामको १९ प्याकेट र २५० ग्रामको २४ वटा प्याकेट गरी १५.५ के.जी. लागु औषध चरेश नियन्त्रणमा लिएको स.प्र.बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको सुचना अधिकारी डिएसपी सन्तोष कुमार बस्नेतले जनाएका छन् ।

उक्त पक्राउ गरेको चरेश, मोटरसाइकलसहित निज राजेश साहलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ,!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles