Friday, August 15, 2025

वीरगंज भन्सारमा ११ महिनाको राजस्व लक्ष्यको ६०% मात्रै उठ्यो, आयात घट्दा संकलन प्रभावितवीरगंज। वीरगंज भन्सार कार्यालयले सरकारले दिएको लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । वीरगंज भन्सारले चालू आर्थिक वर्षको ११ महिनामा अर्थात् जेठ मसान्तसम्म ६० प्रतिशत हाराहारीमा मात्रै राजस्व संकलन गरेको छ ।सरकारले चालू आवको जेठ मसान्तसम्म दुई खर्ब ३७ अर्ब ५८ करोड ६३ लाख ६२ हजार राजस्व लक्ष्य लिएकोमा ५९.९० प्रतिशत अर्थात् एक खर्ब ४२ अर्ब ३० करोड ४१ लाख ६२ हजार मात्र राजस्व संकलन गरेको छ ।आर्थिक मन्दीको कारण देशकै उद्योग व्यवसाय प्रभावित बन्दा पछिल्लो समय भारत तथा तेस्रो मुलुकबाट आयात मालसामानको परिमाणमा कमी आउँदा राजस्व संकलन प्रभावित भएको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए ।

ताजा / भरखरै प्राप्त

‘झन्डै ४० प्रतिशत कम राजस्व उठ्नु राज्यको लागि निकै चिन्ताको विषय हो’- उनले भने– ‘एकातर्फ सरकारले पोहोरभन्दा राजस्व लक्ष्य पनि बढाएको थियो । त्यसमा पनि मालसामानको आयात ह्वात्तै घट्दा राजस्वमा नकारात्मक असर परेको छ।’
गत आव २०७९/८० को जेठ मसान्तसम्म ११ महिनामा वीरगंज भन्सारले एक खर्ब ८५ अर्ब ६१ करोड ९५ लाख १९ हजार लक्ष्य पाएकोमा १०२ प्रतिशत अर्थात् एक खर्ब ८८ अर्ब ७८ करोड ६४ लाख १० हजार राजस्व संकलन गरेको थियो ।

पोहोरको राजस्व संकलनसँग तुलना गर्ने हो भने चालु आवको जेठ मसान्तसम्म एघार महिनामा झन्डै ४६ अर्ब कम राजस्व संकलन भएको देखिन्छ ।
वीरगंज भन्सारले चालू आवको साउनदेखि जेठ मसान्तसम्म भन्सार महसूलतर्फ ८९ अर्ब, ३४ करोड २६ लाख ९६ हजार लक्ष्य पाएकोमा ५६.५३ प्रतिशत अर्थात् ५० अर्ब ५० करोड ४९ लाख ९४ हजार उठाएको छ।
यस्तै मूल्य अभिवृद्धि कर (भ्याटतर्फ) ८९ अर्ब २० करोड ६३ लाख २० हजार लक्ष्य पाएकोमा ७१.६२ प्रतिशत अर्थात् ६३ अर्ब ८९ करोड ३७ लाख ७७ हजार, अन्तःशुल्कतर्फ २४ अर्ब ४० करोड ९६ लाख ७८ हजार राजस्व लक्ष्य पाएकोमा ३६.९९ प्रतिशत अर्थात् नौं अर्ब दुई करोड ९९ लाख ८२ हजार राजस्व संकलन गरेको छ ।
पूर्वाधार करतर्फ १९ अर्ब २४ करोड ६० लाख ५३ हजार लक्ष्य पाएकोमा ६५.२३ प्रतिशत अर्थात् १२ अर्ब ५५ करोड ३७ लाख आठ हजार, कृषि सुधार शुल्कतर्फ एक अर्ब ८८ करोड ८० लाख ८० हजार लक्ष्य पाएकोमा ७८.३९ प्रतिशत अर्थात् एक अर्ब ४८ करोड ८० हजार तथा सडक मरम्मत तथा सुधार दस्तुरतर्फ आठ अर्ब ६३ करोड ५८ लाख ४८ हजार लक्ष्य पाएकोमा ३७.२९ प्रतिशत अर्थात् तीन अर्ब २१ करोड ९९ लाख ६० हजार उठाएको छ।
सडक निर्माण तथा सम्भार दस्तुरतर्फ तीन अर्ब ६९ करोड ९४ लाख आठ हजार लक्ष्य पाएकोमा ३४.०१ प्रतिशत अर्थात् एक अर्ब २५ करोड ८२ लाख ३५ हजार गरी कुल दुई खर्ब ३७ अर्ब ५८ करोड ६३ लाख ६२ हजार वीरगंज भन्सारले लक्ष्य पाएकोमा एक खर्ब ४२ अर्ब ३० करोड ४१ लाख ६२ हजार राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत बरुवालले जानकारी दिए।
चालू आवको जेठ मसान्तसम्म वीरगंज भन्सारबाट हरियो २३ हजार ४६० (१६.९८ प्रतिशत), पहेंलो ४० हजार ९८२ (२९.६६ प्रतिशत) रातो ७३ हजार ७३० (५३.३६ प्रतिशत) वटा प्रज्ञापनपत्र जाँचपास भएको छ भने गत आवको यसै अवधिमा हरियो ३५ हजार ४२४ (१९.५२ प्रतिशत), पहेंलो ५० हजार ९९१ (२८.१० प्रतिशत) र रातो ९५ हजार ४६ (५२.३८ प्रतिशत) वटा प्रज्ञापनपत्र जाँचपास भएको थियो ।
त्यसैगरी, चालू आवको जेठ मसान्तसम्म वीरगंज भन्सार नाका हुँदै आयात हुने उत्कृष्ट २० वटा मालवस्तुमा डिजेलको परिमाण १८.४९ प्रतिशत र त्यसबाट उठ्ने राजस्व २९.९७ प्रतिशतले कमी आएको छ भने पेट्रोलको परिमाण २.०६ प्रतिशत र राजस्व १०.१० प्रतिशतले कमी आएको देखिन्छ ।एलपी ग्यासको आयातमा १.२६ प्रतिशत कमी देखिएको छ भने त्यसबाट उठ्ने राजस्वमा ३२.०४ प्रतिशतले कमी भएको तथ्यांकमा उल्लेख छ । जीप, कार, भ्यानको आयातमा ६३.२९ प्रतिशतले गिरावट आएको छ भने त्यसबाट संकलन हुने राजस्व ७५.३६ प्रतिशतले कमी भएको देखिन्छ ।
सुर्तीको आयातमा ३.९४ प्रतिशतले कमी भएको छ भने अन्य कोइला १.३८, भटमासको कच्चा तेल ३४.४८, लुब्रिकेटिङ आयल मोबिल ७.७८, चकलेट ९.४८ प्रतिशत, मोटरसाइकल (अनएसेम्बल) ६५.३४ प्रतिशतले आयातमा गिरावट आएको वीरगंज भन्सारको तथ्यांकले देखाएको छ ।परिमाण र राजस्व बढाउने मालवस्तुमा एचआर सिट, विद्युत्बाट सञ्चालित जीप, कार, भ्यान, शृङ्गार सामग्री, अन्य बस, ट्रकका चेसीस, तयारी कपडा, सूर्यमुखी कच्चा तेल, बिटुमिन, एलोपैथिक औषधिलगायत रहेका छन् । (साभार)

Previous article
Next article
गण्डक नहरमा धान रोप्ने सिजनमा पानी आएनवीरगंज। पर्सा, बारा र रौतहटसम्म फैलिएको गण्डक नहरमा पानी आएको छैन। भारतीय पक्षले पानी नछाड्दा पानी नआएको हो। गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायाणी सिँचाईका सूचना अधिकारी एवं इन्जिनियर सुरेशप्रसाद साहका अनुसार भारतीय पक्षले भारतीय नहरमा मर्मत भइरहेको बताउँदै पूर्णरुपमा पानी छाडेको छैन।धान रोपाइँका लागि गण्डक नहरमा असार १५ देखि पानी दिनुपर्ने नियम छ। तर भारतले पानी नदिँदा पर्सा र बाराका किसानको रोपाइँ प्रभावित भएको छ।भारतसँगको गण्डक सम्झौता अनुसार गहुँबालीको लागि पुस १ मा र धानबालीको लागि असार १५ मा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिइसक्नु पर्छ।भारतको झमरी नदीमा नहरको संरचनामा लिकेज भएको भन्दै हाल भारतीय पक्षले नहरको मर्मत सम्भारको काम गरिरहेको छ। यो स्थान नेपाल-भारत सीमाबाट करिब १२ किमि पश्चिममा पर्छ। हाल गण्डक नहरमा भारतीय पक्षले जम्मा २ सय क्युसेक पानी छोडेको छ।उक्त पानीले किसानको गर्जो टार्न नसक्ने नारायणी सिचाइँ व्यवस्थापन कार्यालय वीरगंजका प्रमुख मनोरञ्जनकुमार सिंहले बताए। ‘एक साताभित्रै कम्तिमा गण्डक नहरमा ५ सय क्यूसेक पानी हामीलाई चाहिन्छ। भारतीय पक्षले चार-पाँच दिनभित्रै पानी जान्छ भनेका छन्’-उनले भने।नेपालतर्फ भने मुख्य नहर प्रणाली तथा सहायक प्रणालीहरुमा मर्मत सम्भारको काम सम्पन्न भई अब पानीको प्रतीक्षा मात्र गरिएको उनले बताए। नहरको मुख्य संरचना पर्सा, बारा र रौतहटमा गरी करिब २ दर्जन गेटको मर्मत सम्भारको काम पुरा भएको उनले जानकारी दिए।उनका अनुसार नहरमा बाराको जमुनीमा ४ वटा स्केप गेट परिवर्तन र रौतहटमा चेक गेट हेड रेगुलेटरको मर्मतको काम सम्पन्न भइसकेको छ।पानीको अभावले धान रोपाइँ गर्न नसकेको पर्साको वीरगंज-२१ पटेलनगरका रामप्रवेश पटेल बताउँछन् । उनले भने- ‘सबै किसान पानीको पर्खाइमा छन्, पानी आउनेबितिकै रोपाइँ शुरु हुन्छ।’गण्डक ब्यारेजको निर्माण भारतले गरेकाले सञ्चालन पनि भारतीय पक्ष आफैंले गर्छ। उसले ब्यारेजबाट नेपालभन्दा भारतीय भूमिमा बढी पानी लैजाने गरेको छ। सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको थियोे।गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिंचित गर्ने लक्ष्यका साथ निर्माण भएकोमा भारतले हरेक वर्ष कुनै न कुनै कारण देखाइ नेपाललाई पानी दिन ढिलाइ गर्ने गरेको छ। नवलपरासीको भैंसालोटनममा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गर्छ।यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलाबाट नेपालमा प्रवेश गर्छ। पर्सा, बारा र रौतहट सम्म बग्ने गण्डक नहरको लम्बाई ८१ किलोमिटर छ भने कूल लम्बाइमा १५ वटा ब्लक छन्। तर, अहिले पर्सा र बाराको गरी ११ नम्बर ब्लकसम्म मात्रै पानी जाने गर्छ। साभार ,!
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles