Wednesday, January 8, 2025

लामिटारमा भेटियाे ३३ केजीकाे अजिङ्गरमकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका – ३ स्थित लामिटार सामुदायिक वनमा आज ३३ केजीको अजिङ्गर फेला परेको छ ।अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् ।“अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ”, स्थानीय श्यामबहादुर राईले भने ।लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिङ्गर नियन्त्रणमा लिएका थिए ।पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जङ्गलमा अजिङ्गर देखापरेको हो ।केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिङ्गरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो ।पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले साढे ३२ किलोको उक्त अजिङ्गरसहित अघिल्लो दिन भेटिएको अजिङ्गरलाई पनि निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको जानकारी दिए ।“अजिङ्गर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौँ”, पौडेलले भने ,!

ताजा / भरखरै प्राप्त

Previous article
Next article
ट्राफिक इन्स्पेक्टर कठायतसँगै ३ जना सम्मानितरौतहट । मधेस प्रदेशमा उत्कृष्ट हुने एक जना ट्राफिक प्रहरी इन्स्पेक्टरसँगै तीन जना नगद पुरस्कार सहित कदरपत्रबाट सम्मानित भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख इन्स्पेक्टर विमला कुमारी कठायत, प्रदेश ट्राफिक प्रमुख कार्यालय पथलैयामा कार्यरत असई दीपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत सहायक हवलदार राजकुमार कलवार सम्मानित भएका हुन्। ढल्केवर स्थित शनिबार एक समारोहबीच नाडाका अध्यक्ष डाक्टर ध्रुव थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेस प्रदेश ट्राफिक प्रमुख एसपी सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगद सहित कदर पत्रबाट उनीहरूलाई सम्मानित गरिएको थियो।इन्स्पेक्टर कठायत लगायत तीनै जना ट्राफिक सेवामा रही पुर्‍याएको विशेष योगदानको उच्च मुल्यांङ्कन सहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया वाराका प्रमुख एसपी सन्तोष कुमार भट्टराईले उक्त पुरस्कारको लागि नाम सिफारिस गरेका थिए । मधेस प्रदेशले प्रत्येक वर्ष ट्राफिक प्रहरीमा उत्कृष्ट हुने ३ जनालाई सम्मानित गर्दै आएको ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। कार्यक्रममा मधेस प्रदेशका व्यापारी तथा प्रहरी प्रमुखको सहभागिता रहेको थियो।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles