Saturday, June 28, 2025

इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले मंगलबार हवाई भाडा घटाएको हो ।

ताजा / भरखरै प्राप्त

घटेको मूल्यअनुसार सबैभन्दा बढी काठमाडौं-धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्ने भएको छ । यसअघि काठमाडौँ–धनगढीको भाडा ६ हजार ६२५ रुपैयाँ रहेको थियो । अब नयाँ भाडा ६ हजार १० रुपैयाँ कायम भएको छ ।

सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौं–सिमराको भाडा १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ ।

सोमबार आयात निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो । इन्धनको मूल्य घटेसँगै प्राधिकरणले हवाई भाडा पनि घटाउँदै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles