खलंगाबाट महेन्द्रनगर–काठमाडौंका लागि छुटेका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका छन् । पहाडी क्षेत्रमा जाने बसहरु महेन्द्रनगर र धनगढीमै रोकिएका छन् ।
पहिरो पन्छाउने काम आज बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले बताए । सोमबार रातिदेखि सुरु भएको वर्षा अझै पूर्णरुपमा रोकिनसकेको उनले बताए