‘कानून प्रतिकूल सरकारी जग्गा लिजमा दिनेलिने कार्यको रोकथाम सम्बन्धमा’ शीर्षकमा बिहीबार सूचना जारी गर्दै मेयर बालेनले सरकारी जग्गामा कीर्ते गरी लिजमा दिएर आर्थिक लेनदेन गरेको भन्दै महानगरको ध्यानाकर्षण भएको बताएका छन् ।
महानगरको उच्च प्राथमिकतामा जग्गाको संरक्षण सम्बन्धी काम कारबाहीलाई राखिएको उनले सामाजिक संजालमा लेखेका छन् । महानगरपालिकाको स्वीकृति बिना लिजमा लिइएको त्यस्ता संरचना स्वीकृत नहुने पनि स्पषट पारेका छन् ।
महानगरले बालुवाटारस्थित सरकार जग्गा ललिता निवासमा बनेका अस्थायी संरचना हटाउन ७ दिनको समयसीमा दिइसकेको छ ।
स्थानीय तह
काठमाडाैं महानगर
