पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–६ का वडा अध्यक्ष खेमबहादुर रावल र एमाले नेता दानसिंह परियार रहेका छन् । उनीहरुले प्रमुख ईन्जिनियर बुढा थापामाथि शनिबार हातपात गरी कुटपिट गरेका थिए ।
चालु आर्थिक वर्ष २०७९/८० को प्रदेश सांसद विकास कोषमार्फत सञ्चालित योजनाको काम लागत स्टेमेटअनुसारको नभएको भन्दै रकम भुक्तानी पूरा दिन प्रतिवेदन दिन नमिल्ने बताएपछि बुढा थापामाथि कार्यालयभित्रै कुटपिट गरेका हुन् । कुटपिट गर्ने दुवै जनालाई शनिबार नै हिरासतमा लिएको छ ।
४० लाखको योजनाको १० लाख र ५० लाखको योजनामा ३० लाख रुपैयाँभन्दा माथिको काम नभएको प्रतिवेदन इन्जिनियरको दाबी छ ।
