Sunday, April 20, 2025

मुगुको जिल्लाको पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त थापालाई कार्यालयमै कुटपिट गर्ने एक वडा अध्यक्ष र एमालेका जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा / भरखरै प्राप्त

पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–६ का वडा अध्यक्ष खेमबहादुर रावल र एमाले नेता दानसिंह परियार रहेका छन् । उनीहरुले प्रमुख ईन्जिनियर बुढा थापामाथि शनिबार हातपात गरी कुटपिट गरेका थिए ।

चालु आर्थिक वर्ष २०७९/८० को प्रदेश सांसद विकास कोषमार्फत सञ्चालित योजनाको काम लागत स्टेमेटअनुसारको नभएको भन्दै रकम भुक्तानी पूरा दिन प्रतिवेदन दिन नमिल्ने बताएपछि बुढा थापामाथि कार्यालयभित्रै कुटपिट गरेका हुन् । कुटपिट गर्ने दुवै जनालाई शनिबार नै हिरासतमा लिएको छ ।

४० लाखको योजनाको १० लाख र ५० लाखको योजनामा ३० लाख रुपैयाँभन्दा माथिको काम नभएको प्रतिवेदन इन्जिनियरको दाबी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles