मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन-:खोजी कार्य जारीमनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेका छन् ।सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको स्रोतले जनाएको छ।मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।अहिले हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।