Saturday, August 16, 2025

१५ जना प्रहरी कर्मचारीलाई आधारभूत डिजिटल फोटोग्राफी तालिम प्रदान-:नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखाले १५ जना प्रहरी कर्मचारीहरुलाई आधारभूत डिजिटल फोटोग्राफी तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो शाखामा संचालित दोस्रो समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखामा सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले कुनै पनि अपराधको अनुसन्धानको सिलसिलामा फोटोहरू महत्वपूर्ण प्रमाणको रूपमा प्रयोग हुने भएकोले सोही अनुरूप प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभयो । तालिममा सिकेका ज्ञान, सीप, नविन विधि, प्रविधि र कौशललाई सबै प्रशिक्षार्थीहरूले आ-आफ्नो कार्यक्षेत्रमा इमानदारिताका साथ प्रयोग गर्दै उत्कृष्ट ढङ्गले काम गरी फोटोग्राफीको क्षेत्रबाट संगठनको छविलाई उच्च राख्न थप योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक घन बहादुर थापाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ १६ गतेदेखि संचालित ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी जवान १४ जना गरी कुल १५ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles