Sunday, April 20, 2025

मोटरसाइकल चोरी गर्ने गिरोहका एक दर्जन पक्राउ-:बुटवल आसपासबाट विभिन्न स्थानमा मोटरसाइकलहरु चोरीमा संलग्न भएको आरोप प्रहरीले एक दर्जन युवाहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा तथा ईलाका प्रहरी कार्यालय बुटवल र मातहत समेतका प्रहरी कार्यालयहरूको खोजीमा १२ जना युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको हो ।एक महिनाको अन्तरालमा उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश १९ वर्षदेखि ३० वर्ष सम्मका युवाहरु रहेका छन् ।पक्राउ पर्नेमा बुटवल ३ ज्योतीनगर बस्ने १९ वर्षीय तरुन राना, नवलपरासी (ब.सु.प.), रामग्राम नगरपालिका १४ बस्ने ४३ वर्षीय सुनीलकुमार चौधरी, रामग्राम नगरपालिका १६ बस्ने २० वर्षीय करन थारु, गुल्मी घर भई हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । त्यस्तै गुल्मी घर भई सोही ठाउँ बस्ने २६ वर्षीय दीपक रेगामीमगर, तिलोत्तमा नगरपालिका–६ बस्ने २४ वर्षीय दीपेश थापा, सोही स्थानका २५ को हितेश राना, बागलुङको वरेङ गाउँपालिका–५ सुखौरा बस्ने १९ वर्षीय आशिष सामत र २० वर्षीय दीपक सामत पनि पक्राउ परेका छन् ।त्यस्तै पक्राउ पर्नेमा २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा, बागलुङको वरेङ गाउँपालिका ५ भित्री वन बस्ने २२ वर्षीय मिलन खत्री र तिलोत्तमा नगरपालिका–४ बस्ने १८ वर्षीय आकाश नेपाली रहेको इप्रका बुटवलले जनाएको छ । पक्राउ परेकाहरुलाई चोरी सम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles