Friday, January 17, 2025

२६ असार, पाँच विदेशी नागरिक बोकेर सोलुखुम्बुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरा क्षेत्रमा दुर्घटनामा परेको छ,! सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सोलु दूधकुण्ड गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

ताजा / भरखरै प्राप्त

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकोप्टर सोलु दूधकुण्ड गाउँपालिका वडा नम्बर २ को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जानकारी दिएको छ ।

दुर्घटनास्थलमा रहेका बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले दुर्घटना भएको पुष्टि गरेका छन् । सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकोप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकोप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु थिए । लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।

हेलिकोप्टर लामाजुरा डाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए ।

(हेलिकप्टर दुर्घटना)

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles