Monday, June 30, 2025

दुई दिनदेखि सुन तस्करीको विषयले बजार तताएको छ,! त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुनको छानविन गर्न यति बेला राजश्व अनुसन्धान र भन्सार विभागसहित नेपाल प्रहरीको एक टोली खटिएको छ । बुधबार बरामद भएको सुन एक क्विन्टलभन्दा बढी भएको भनिएको छ । तर, यसमा गृहमन्त्रालयले भने जानकारी नै नपाएको जस्तो गरेको छ ।

ताजा / भरखरै प्राप्त

बिहीबार गृहमन्त्रालयमा नै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लंघन तथा स्वच्छ बजार प्रबर्द्धनमा हुने बेथितिबारे सरोकार निकायका अधिकारीलाई डाकेर छलफल गरेका थिए । छलफलमा पटक पटक चोरी निकास र तस्करी कार्यलाई निरूत्साहित गर्नु पर्नेमा जोड दिइएको थियो । गृहमन्त्री आफैले बरामद भएको सुनको कुरा नउठाएपछि अरूले पनि उठाएनन् ।

छलफलमा गृहसचिव दिनेशकुमार भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, आन्तरिक राजश्व, भन्सार विभाग, उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित उपभोक्ता अधिकारकर्मी र उद्योगी व्यापारी उक्त छलफलमा सहभागी थिए । छलफलमा सहभागी एक व्यवसायीका अनुसार गृहमन्त्री श्रेष्ठले त्यो छलफलमा सुन तस्करी भएको र समातिएको विषय उठाएनन् ।

केवल मन्त्री श्रेष्ठले उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा केन्द्रित भएर लाग्न गृह मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिए । उनले कानुन उल्लंघन र बेथितिलाई छुट दिन नहुने बताउँदै गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकारलाई व्यवस्थित गर्न सरोकारवाला सबै पक्षले अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।

अनुगमनलाई कसरी प्रभावकारी बनाउने, कालोबजारी र नक्कली वस्तुलाई नियन्त्रण गर्ने, उपभोक्ताले कसरी गुणस्तरीय वस्तु सहज ढङ्गले उचित मूल्यमा प्राप्त गर्ने विषयलाई केन्द्रमा राखेर काम गर्न र उद्योग, व्यवसाय क्षेत्रमा हुने अनियमिततालाई ठीक ढङ्गबाट अनुगमन गर्न आवश्यक रहेको बताएका थिए । गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्न आवश्यक भएको धारणा राखेका थिए ।

गृहमन्त्रालय

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles