Monday, June 30, 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुन जोख्न नेपाल राष्ट्र बैंक लगिने भएको छ । राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल थाहा हुने राजश्व अनुसन्धान विभागले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

विभागकै टोलीले उक्त सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । आजै उक्त सुन राष्ट्र बैंकमा लगेर जोखिनेछ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद भएको हो । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको हो ।

राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना एजेन्टसमेत रहेका छन् । उक्त प्रकरणमा मुछिएका र पोलिएका अन्य व्यक्तिको खोजी भइरहेको छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन ।

नेपालमा बरामद भएको यो परिणाम अहिलेसम्मकै बढी हो । रेडी ट्रेड लिंक बूढानीलकण्ठको नाममा उक्त सामान आयात भएको देखिएको छ । बरामद भएको सुन छुट्टयाएर तौल लिएपछि मात्र सुन कति छ भन्ने एकिन हुनेछ ।

यो पनि पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल हाराहारीमा सुन बरामद
‘ब्रेक शु’मा आएको सुन तस्करीमा विमानस्थल प्रहरी र भन्सारको मिलेमतो रहेको आशंका
सुन तस्करीमा संलग्न विमानस्थलमा जाँचपास गर्ने कर्मचारीलाई निलम्बन गरिने
नेपाल राष्ट्र बैंक
सुन

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles