Saturday, June 28, 2025

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान, यस्ताे छ एकहप्ते भ्रमणतालिका

ताजा / भरखरै प्राप्त

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली प्रस्थान गरेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल, अन्य नेता तथा कार्यकर्तालगायतले उनलाई भ्रमण सफलताको कामना गर्दै बिदाइ गरे । त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत प्रदान गरेको थियो ।प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी सहभागी छन् ।
संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ ।उनले यही साउन ८ गते सो कार्यक्रमको उद्घाटनसत्रमा सहभागिता जनाउने छन् । यस्तै अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा पनि सहभागी हुनेछन् । यसैगरी उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन् ।भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग उनले भेटवार्ता गर्नेछन् ।
नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेका चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ ।यस्तै रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तक्र्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्। भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।साभार।

Previous article
Next article
पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेधआइतबारदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी गराएको छ ।महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए । ‘सबै एकदमै हतारमा भयो । तर पनि महानगरले त्यसको व्यवस्थापन गर्दैछ’, उनले भने ।बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै साना, ठूला सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ । ‘क्युमा बस्ने लामो दूरीका बसमात्रै बाहिर राखिन्छ । बाँकी सबैलाई भोलिबाटै सडकमा पार्किङ नगर्न सूचना जारी गरेका छौं’, तिमिल्सिनाले भने ।पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । यही बसपार्कको जग्गाकै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले बसपार्कका लागि १८७ रोपनी छुट्याइएको थियो ।तर, अधिग्रहण गरिएको लामो समयसम्म काम नहुँदा अहिले अतिक्रमण हुँदै बसपार्ककको जग्गा ४० रोपनीमा खुम्चिएको छ । बसपार्कको जग्गामा अनधिकृत बसोबास बढ्दा अधिकांश सवारी साधन बसपार्क बाहिर पृथ्वीराजमार्गकै किनारामा पार्किङ गर्ने गरिएको छ ।‘कुनैकुनै सवारी साधनले लामो समयसम्म सडकमै पार्किङ गरिराख्दासमस्या पारेको थियो । अब त्यसरी लामो समयसम्म सडकमै पार्किङ गर्न पाइनेछैन’, तिमिल्सिनाले भने, ‘बसपार्कमा पार्किङका लागि आज (शनिबार) खाल्डाखुल्डी सम्याउने, पुर्ने काम भएको छ ।’तिमिल्सिनाका अनुसार अहिले बसपार्कभित्र एकैचोटि १ सय १५ वटाभन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्छ । ‘बसपार्क क्षेत्रबाहिर निषेध गरेर भित्रमात्रै पार्किङ गर्न पनि हामीलाई पर्याप्त पुग्छ’ तिमिल्सिनाले भने ।पोखरा महानगरले गत माघ १९ गते एक सूचना जारी गरेर न्युरोड क्षेत्रमा सडक छेउमा पार्किङ पूर्ण रुपमा बन्द गरेको जानकारी गराएको थियो । तर उक्त निर्णय २ दिन नबित्दै फिर्ता लियो ।अहिले न्युरोड क्षेत्रमा सडक छेउमा साना तथा ठूला सवारी साधन पार्किङ भइरहेका छन् । हतारमा निर्णय गरेर सडक पार्किङ बन्द गराउँदा सर्वत्र विरोध भएपछि निर्णयबाट फिर्ता हुनुपरेको महानगर पार्किङ व्यवस्थापन समितिको स्वीकारोक्ति छ ।‘त्योबेला हामीले अलि हतार गर्दा तयारी नपुगेको हो । पछि उद्योगी, व्यवसायीले पनि कोभिड महामारीपछि व्यवसाय तंग्रिँदै गर्दा यसो नगरिदिनुुस् भनेर आग्रह गर्नुभयो’, समितिका उपाध्यक्ष तिमिल्सिनाले भने, ‘त्यही भएर योजनाबाट ब्याक हुनुपरेको हो ।’
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles