उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । पिकअप चालक भारत दार्जिलिङ निवासी गोविन्द वरमुन प्रहरी नियन्त्रणमा छन् ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यहाँ तीन जनाको मृत्यु भएको हो ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति इटहरीको कान्छी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार मोटरसाइकल र पिकअप शुक्रबार राति १०ः४० बजे ठोक्किएका थिए ।
पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यु बी ७३ इ ९११७ को पिकअप भ्यानसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटना
