यौन दुर्व्यवहारको आरोपमा नेकपा एसका वडाध्यक्षलाई गाउँलेले प्रहरीमा बुझाएचितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर २ का नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष गणेश लामालाई किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा गाउँलेले समाएर प्रहरीलाई बुझाएका छन् ।लामाले स्थानीय १७ वर्षीया किशोरीमाथि एक वर्षयता लगातार यौनजन्य दुर्व्यवहार गर्दै आएको थाहा पाएपछि आफन्त तथा गाउँले मिलेर प्रहरीको जिम्मा लगाएका हुन् ।किशोरीलाई आफ्नै कार्यालयमा बोलाएर यौन दुर्व्यवहार गर्दै आएका लामाले २०७९ मंसिरमा इन्स्टाग्राममा नाङ्गो तस्बिर हालिदिएर धम्क्याएको समेत खुल्न आएको राप्ती २ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले जानकारी दिए ।पटक पटक फेसबुक म्यासेजबाट समेत किशोरीलाई धम्क्याउने, अश्लिल फोटो भिडियो तथा म्यासेज पठाउन थालेपछि किशोरीले आफन्तलाई खबर गरेकी थिइन् । त्यसपछि उनीहरूले समातेर प्रहरीलाई खबर गरेका हुन् ।चितवन प्रहरीकाअनुसार शनिवार नै जाहेरी लिएर आरोपीलामालाई अनुसन्धानको लागि हिरासतमा राखिएको छ । लामा गत स्थानीय निर्वाचनमा गठबन्धनका तर्फबाट वडा सदस्यको समेत उम्मेदवार बनेका थिए ।