Saturday, April 19, 2025

नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास खपत कम भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास आयातमा ८.६५ प्रतिशतले कमी भएको हो ।

ताजा / भरखरै प्राप्त

गत आर्थिक वर्ष २०७९÷८० को अन्त्यसम्म दुई खर्ब ७८ अर्ब ७६ करोड ८९ हजार रुपैयाँको पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास आयात भएको थियो । विभागका अनुसार गत वर्ष पेट्रोल र डिजेल २० लाख ८९ हजार ३०० किलोलिटर आयात भएको छ भने ५१ करोड ४३ लाख ४० हजार ७६८ किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

अघिल्लो वर्ष तीन खर्ब पाँच अर्ब १७ करोड २५ लाख रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात भएको थियो । जसमा २४ लाख ९३ हजार ४६८ किलोलिटर पेट्रोल र डिजेल आयात भएको थियो । एलपी ग्यास भने ५३ करोड ५८ लाख ६५ हजार ४१५ किलोग्राम आयात भएको थियो । गत वर्ष कुल परिणामसँगै रुपैयाँ पनि घटेको छ । यसले नेपालमा पेट्रोल, डिजेल र एलपी ग्यास खपत कम भएको देखाउँछन ।

पेट्रोल

Previous article
Next article
तिनाउ नदीले पार गर्‍यो खतराको तहबुटवल, मंगलबार बिहानैदेखि आएको अविरल वर्षाका कारण रूपन्देहीको तिनाउ नदीको जलसतह उच्च खतराको तहभन्दा निकै माथि पुगेको छ।बिहानैदेखि पहाडी जिल्ला पाल्पामा भारी वर्षा भएपछि तिनाउको जलसतह निकै माथि पुगेको हो।जल तथा मौसम विज्ञान विभागको बाढी मापन केन्द्रका अनुसार बिहान सवा ६ बजे तिनाउको जलसतह खतराको तह भन्दा निकै माथि पुगेको र त्यो बढ्दो क्रममा रहेकोले सचेत रहन भनिएको छ।दिउँसो १२ बजेसम्म तिनाउमा जलसतह बढ्ने उच्च जोखिम रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। लगातारको वर्षापछि आएको बाढीका कारण नदी आसपास तथा होचा स्थानमा डुबानको समस्या भएको छ।अविरल वर्षाका कारण सैनामैनाको भड्छा गाउँ डुबानमा परेको छ। इङगुरीया खोलामा आएको बाढीले सैनामैना ८ भड्छा निवासी शंखमुनी थारूको घर डुवानमा परेको हो।घर गोठ डुबानमा परेपछि थारूको परिवार र ५ वटा बाख्रा चौपायालाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोली तथा स्थानीयको संयुक्त प्रयासमा उद्धार गरी स्थानीय लक्ष्मण गैरेको घरमा अस्थायी रूपमा पुनःस्थापना गरिएको वडा अध्यक्ष बुद्धिराम चौधरीले जानकारी दिए।रूपन्देही, नवलपरासी, पाल्पा, प्युठान लगायतका क्षेत्रमा बिहानैदेखि भारी वर्षा भएको छ। भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ।यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ। वर्षाका कारण नवलपरासीको विनयी लगायत साना खोलाहरूको बहाव बढेको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles