Sunday, April 20, 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा कर्मचारीको सरुवा मात्र नभई सम्बन्धी कार्यालयका विभागीय प्रमुखहरुलाई तत्काल बर्खास्त गर्नु पर्ने बताएका छन् । उनले सबै पप्रमुख कर्मचारीलाई बर्खास्त गरेर कारवाही प्रक्रिया कसरी अगाडी बढिरहेको छ यसबारे गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।

ताजा / भरखरै प्राप्त

संसदको बुधबार बसेको बैठकमा समय लिएर बोलेका रास्वपा सभापति लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न गरे । उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए ।

उनले भने, ‘भरिया मात्र समाउनु थियो होला र ट्याक्सी मात्र समात्यो होला’ सुन तस्करी सेटिङमा भइरहेको छ । भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्याउँथ्यो होला नि, मालिकलाई नै झ्याप पार्न सकिन्थ्यो होला नि त ? किन गरिएन ?’ यो प्रकरणमा केही कर्मचारीको सरुवा मात्र गरिएको भन्दै उनले यो पुरस्कार हो कि कारबाही भनेर प्रश्न गरे ।

डामेर छोडेपछि सूचना लुकाउने अवसर मिल्ने भन्दै उनले गम्भीर हुन अनुरोध गरे । यसबारे आफूहरुले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै लामिछानेले भने, ‘गृहमन्त्रीले गम्भीर रुपमा लिएर सदनलाई जवाफ दिनुपर्छ । कर्मचारी सरुवा गरेर टार्न पाइँदैन ।’

भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणको जरा कहाँ छ भनेर सबैलाई थाहा भएको, तर सरकारले गिजोलेर मात्र छाड्ने गरेको उनले बताए । ‘भ्रष्टाचार विरुद्ध चालेको कदमलाई स्याबास भनेको फाइदाका रुपमा नलिइयोस्’ रास्वपा सभापति लामिछानेले चेतावनीको भाषामा भने, ‘जरासम्म पुग्ने साहस लिएको हो भने ठीक छ । फाइल खोलेको गन्न मात्र सुरु गरेको हो भने सरकारको दिन गन्न सुरु हुन्छ ।’

लेखकबाट थप

सम्बन्धित पोस्ट
उच्च स्तरीय छानविन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि संसद बैठक सोमबारसम्म स्थगित
उच्च स्तरीय छानविन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि संसद बैठक सोमबारसम्म स्थगित
साउन १०, २०८० बुधबार

प्रधानमन्त्री फर्कदासम्म सुन तस्करीका मुख्य अभियुक्त नसमातिए सदनमै आमरण अनशन बस्छु: शर्मा
प्रधानमन्त्री फर्कदासम्म सुन तस्करीका मुख्य अभियुक्त नसमातिए सदनमै आमरण अनशन बस्छु: शर्मा
साउन १०, २०८० बुधबार

सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न सक्दैनः एमाले
सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न सक्दैनः एमाले
साउन १०, २०८० बुधबार

नेपालबहस ट्रेन्डिङ
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
नेपालबहस संवाददाता

साउन ८, २०८० सोमबार

रातु नदीको सभ्यता र अनुसन्धानको पर्खाइमा पाटुको मध्यपाषण युगको हतियार कारखाना
रातु नदीको सभ्यता र अनुसन्धानको पर्खाइमा पाटुको मध्यपाषण युगको हतियार कारखाना
नेपालबहस संवाददाता

साउन ८, २०८० सोमबार

ठाकुरबाबा नगरपालिकाले माग्यो १२ जना नगर प्रहरी
ठाकुरबाबा नगरपालिकाले माग्यो १२ जना नगर प्रहरी
नेपालबहस संवाददाता

साउन ९, २०८० मंगलबार

दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
नेपालबहस संवाददाता

साउन ९, २०८० मंगलबार

लोकप्रिय
शेयर खेलाडी राकेश अडुकियाको घरमा राजश्वको छापा, गोदाम हेर्ने तामाङ पनि पक्राउ

शेयर खेलाडी राकेश अडुकियाको घरमा राजश्वको छापा, गोदाम हेर्ने तामाङ पनि पक्राउ
साउन १०, २०८० बुधबार

डीएसपी ठगबहादुर केसी बर्खास्त

डीएसपी ठगबहादुर केसी बर्खास्त
साउन ९, २०८० मंगलबार

अदालतले १० हजार धरौटीमा रिहा गर्न आदेश दिएका गुण्डा नाइके सानुभाइ फेरी कारागार चलान

अदालतले १० हजार धरौटीमा रिहा गर्न आदेश दिएका गुण्डा नाइके सानुभाइ फेरी कारागार चलान
साउन १०, २०८० बुधबार

छुटाउनुभयो कि?

Previous article
बरामद भएका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरिएकोकाठमाडौं, विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार कानून बमोजिम नष्ट गरिएको छ ।नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानिलकण्ठ नगरपालिका-११ का वडाअध्यक्ष लगायतको रोहबरमा काठमाडौं महानगरपालिका-११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको छ ।उक्त हातहतियारहरू दीर्घकालीन व्यवस्थापन गर्नको लागि हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्रद्वारा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकमा कानूनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles