उनले कांग्रेसमा अब कसैलाई पनि अन्याय हुन नदिने बताए । कांग्रेस विधिसम्मत हिँड्ने र विधानसंगत अघि बढे पार्टी आफैँ राम्रो बन्छ भन्दै उनले केही साथीहरू अन्यायमा परेको र अब कसैलाई पनि कुनै किसिमको अन्याय हुन नदिने प्रतिवद्धता जनाए । डा. कोइरालाले अब एक्लै निर्वाचन लड्ने गरी तयारी गर्नुपर्ने बताए । ’यो निर्वाचन प्रणाली हुँदा गठबन्धन नगरी जाने अवस्था छैन । तर, पोस्ट एलाइन्समा जानुपर्छ । आजैबाट आँट देखाएर एक्लै निर्वाचन लड्नुपर्छ,’ उनले भने ।
कोइरालाले केन्द्रीय समितिको बैठकमा धेरै आरोप प्रत्यारोपमै समय खर्च भएको बताए । ’झन्डै एक वर्षपछि केन्द्रीय समितिको बैठक बस्यो । तर, बैठक धेरै आरोप प्रत्यारोपमै केन्द्रित भयो,’ उनले भने, ’हाम्रो एउटै चाहना कांग्रेस विधि र विधान अनुसार चलोस् भन्ने हो । त्यो चाहना पूरा भएको छ छैन, धेरै प्रयास गर्यौँ हामीले सकेनौँ ।’
कोइरालाले आफूलाई केन्द्रीय समिति बैठक लाइभ गरेको प्रति असन्तुष्टि जनाएका छन् । उनले भने, ‘पहिलो पटक बैठक लाइभ गर्यौँ । कतिलाई राम्रो लाग्यो, कतिलाई नराम्रो । मलाई चाहिँ असजिलो लाग्यो । केन्द्रीय समिति भनेपछि कतिपय कुरा बाहिर आउनुभएन । यो बैठकमा धेरै समय हामीले आरोप प्रत्यारोपमै खर्च गर्यौ ।’
उनले केन्द्रीय समिति बैठकपछि कांग्रेसलाई विधिसम्मत चलाउने विश्वास दिलाए । ‘हाम्रो एउटै चाहना नेपाली कांग्रेस विधि, विधानअनुसार चलोस् भन्ने हो । त्यो चाहना पूरा भएको छैन । धेरै प्रयास गर्दा हामीले सकेनौँ । भ्रातृ संस्थाहरू, शुभेच्छुक संस्थाहरू, विभाग बनाउन सकेको छैन । अनुशासन समिति पूर्ण भएको छैन । अब कांग्रेस विधि र विधानसम्मत चलाउने विश्वास दिलाउन चाहन्छु’ कोइरालाले भने ।
उनले आगामी दिनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने पनि बताए । उनले पार्टीबाट धेरै उमेदवार नउठाएकाले समानुपातिक मत घटेको तर्क गरे । साढे सात प्रतिशत समानुपातिक मत घट्यो, किनभने हाम्रो उमेदवार धेरै ठाउँमा थिएनन्, टिकट वितरणमा न्याय दिन हामीले सकेनौँ, संसदीय बोर्डमा भएकाले म क्षमा माग्न चाहन्छु, उनले ने ।
उनले भ्रष्टाचारले देशलाई गम्भीर तरिकाले गाजेकाले आगामी दिनमा कांग्रेस शून्य सहनशीलतामा अघि बढ्नुपर्ने बताए । मूल्यवृद्धिले जनतालाई कठिन भएकोतर्फ दलहरू सचेत बन्न नसकेको उनको आरोप छ । रोजगारी छँदै छैन भने हुन्छ, प्रत्यक वर्ष ६ लाख मानिस श्रम बजारमा आउँछन्, तर, ५० हजारलाई रोजगारी दिन सकिन्न, । कसरी देश बन्छ ? उनको प्रश्न थियो ।
उनले अगाडि थपे,“किसानको कुरा गर्दा मलखातको कुरै नर्दा हुन्छ । छिमेकी मुलुकले चामल विश्वभर नपठाउने भन्यो, अब हालत के होला ? यस्तो विषयमा कांग्रेसले गम्भीर रूपमा सोच्नुपर्छ,“ उनले भने ।
उनले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताए । नेता कोइरालाले राज्यले नै दण्डहीनतालाई बढाउने प्रयास गरिराखेको दाबी गरे । फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको उल्लेख गर्दै उनले यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए ।
‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भीर तरिकाले गाँजिएको मैले पाइराखेको छु । जता हेर्यो, जसरी हेर्यो, जहाँ हेर्यो त्यहीं भ्रष्टाचार देखिन्छ । यो केन्द्रीय समितिपछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशिलताको हिसाबले हामी अगाडी बढ्नै पर्छ । नत्रभने नेपाली काग्रेसको औचित्य समाप्त हुन्छु उनले भने ।
उनले राज्यले नै दण्डहीनतालाई बढाउने प्रयास गरिराखेको बताए । कानुन नै हामीहरू यस्तो बनाउन खोज्दैछौं, जुन कानून फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरूलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने । यस्ता कुराहरूले हामीहरूको छवि, भ्रष्टाचार र दण्डहिनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको मैले पाइराखेको छुु उनले भने, भूटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरूले आफ्नो अनुहार कसरी देखाउने रु यो कुराहरूलाई शुन्य सहनशिलताको रुप लिएर नेपाली कांग्रेस यो केन्द्रीय समितिपछि पक्कै पनि हामीहरू अगाडि बढ्छौं भन्ने कुरा तपाईंहरूको माझ राख्न चाहन्छु ।’

लेखकबाट थप
सम्बन्धित पोस्ट
गौर हत्याकाण्डको मुख्य योजनाकार रहेको भन्दै प्रभु साहलाई कारवाही गर्न सत्तारुढ गठबन्धनको माग
गौर हत्याकाण्डको मुख्य योजनाकार रहेको भन्दै प्रभु साहलाई कारवाही गर्न सत्तारुढ गठबन्धनको माग
साउन ९, २०८० मंगलबार
नागरिक उन्मुक्ति पार्टी नमानेपछि सुदूरपश्चिम सरकार विस्तारमा समस्या
नागरिक उन्मुक्ति पार्टी नमानेपछि सुदूरपश्चिम सरकार विस्तारमा समस्या
साउन ९, २०८० मंगलबार
पुर्ण इजलासमा पनि कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको बहस सकिएन, रिट हेर्दाहेर्दैमा
पुर्ण इजलासमा पनि कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको बहस सकिएन, रिट हेर्दाहेर्दैमा
साउन ९, २०८० मंगलबार
नेपालबहस ट्रेन्डिङ
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार
रातु नदीको सभ्यता र अनुसन्धानको पर्खाइमा पाटुको मध्यपाषण युगको हतियार कारखाना
रातु नदीको सभ्यता र अनुसन्धानको पर्खाइमा पाटुको मध्यपाषण युगको हतियार कारखाना
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार
मेयर हर्क राज राई, सेवाः यलम्बर बन्नुस, न कि लेण्डुप दोर्जे !
मेयर हर्क राज राई, सेवाः यलम्बर बन्नुस, न कि लेण्डुप दोर्जे !
विनोद त्रिपाठी
साउन ७, २०८० आइतबार
सुन प्रकरणः सानालाई पक्राउ गरेर ठूलालाई उन्मुक्ति दिन खोजेको आशंका !
सुन प्रकरणः सानालाई पक्राउ गरेर ठूलालाई उन्मुक्ति दिन खोजेको आशंका !
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार
लोकप्रिय
ठाकुरबाबा नगरपालिकाले माग्यो १२ जना नगर प्रहरी
१
ठाकुरबाबा नगरपालिकाले माग्यो १२ जना नगर प्रहरी
साउन ९, २०८० मंगलबार
दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
२
दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
साउन ९, २०८० मंगलबार
त्रिभुवन विमानस्थलको भन्सार प्रमुखबाट हटाइए पोखरेल, अर्थ मन्त्रालयले पाण्डेलाई दियो जिम्मेवारी
३
त्रिभुवन विमानस्थलको भन्सार प्रमुखबाट हटाइए पोखरेल, अर्थ मन्त्रालयले पाण्डेलाई दियो जिम्मेवारी
साउन ९, २०८० मंगलबार