Saturday, April 19, 2025

महोत्तरी । लामो समयपछि महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गर्ने समूह मध्ये एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । तर, यसको पुष्टि भने भएको छैन् । उनीसहित चार–पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीहरुलाई कब्जामा लिएर सो रकम लुटेका थिए ।

डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा फरार उनीहरूलाई प्रहरीले तत्कालै खोजी गरेपनि फेला पार्न सकेको थिएन । साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

झन्डै ४,५ जनाको समूहमा आएका नकावधारी समूहले २ जेठको दिउँसो ११ बजे लगभग ५१ लाख रूपैयाँ सहित कर्मचारीको मोबाइल समेत लुटेर फरार भएका थिए । त्यस यता विभिन्न माध्यमबाट अनुसन्धान गरिरहेको प्रहरीले पक्राउ गर्न ढिला भएपछि निक्कै आलोचना समेत खेप्नुपर्याे ।

पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार र चोरी शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

लुटपाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles