Sunday, August 17, 2025

नेपालबाट अरबौँको अलैंची निर्यात

ताजा / भरखरै प्राप्त

पछिल्लो समय नेपालबाट हुने अलैची निर्यात ह्वात्तै बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा ७ अर्ब ७० करोड रुपैयाँभन्दा बढिको अलैची निर्यात भएको छ । जसमा ९३ लाख ८६ हजार किलोग्राम अलैँची निर्यात भएको विभागले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा नेपालबाट जम्मा ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट ५३ लाख ६७ हजार किलोग्राम अलैँची निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २ अर्ब ८९ करोडले अलैँचीको निर्यात बढेको हो । यस्तै, नेपालबाट भारत, पाकिस्तान, इटाली, र जर्मनीमा अलैची निर्यात हुँदै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles